रामनाथ कोविन्द बने भारतको  14 औं राष्ट्रपति

दिल्लीः भारतको राष्ट्रपति ने रामनाथ कोविन्द।  राष्ट्रपति चुनाउमा एनडीए उम्मीदवार रामनाथ कोविन्दलाई 7 लाख 2 हजार 644 भोट प्राप्त भयो। यता मीरा कुमारले 3 लाख 66 हजार 314 भोट पाइन्।

रामनाथ कोविन्दलाई 65.35 प्रतिशत भोट प्राप्त भयो। मीरा कुमारलाई 34.35 प्रतिशत। सोमबार देशको 32 मतगणना क्षेत्रमा राष्ट्रपति चुनाउको लागि मतदान भएको थियो। आज सबैभन्दा पहिले संसदमा भएको मतपेटिका खोलियो।

राष्ट्रपति प्रणब मुखर्जीको कार्यकाल 24 जुलाई सकिनेछ। त्यसपछि देशका 14 औं राष्ट्रपतिकोरूपमा रामनाथ कोविन्दले 25 जुलाईको दिन शपथ लिनेछन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन