सर्वे भवन्तु सुखिनलाई पालन गर्नेछुः राष्ट्रपति

नयाँ दिल्लीः राष्‍ट्रपति चुनाउ जितेपछि रामनाथ कोविन्दले एपीजे अब्‍दुल कलाम अनि प्रणब मुखर्जीले जुन परम्परालाई अघि बढाए, त्यस्तो पदमा आफ्नो चयनले निक्कै जिम्मेवारी बढाएको बताएका छन्।

‘छानाबाट पानी चुहुन्थ्यो, हामी दैलोमा उभिएर पानी कैले रोकिन्छ भनेर पर्खिन्थ्यौँ। ऐले पनि जब पानी पानी पर्छ म सम्झन्छु कति कोविन्दहरू पानीमा भिजिरहेका होलान्, खेती गरिरहेका होलान्, बेलुकीको रोटी मिलोस्, परिश्रम गरिरहेका होलान्,’ कोविन्दले भने,  ‘यो पदको लागि म चुनिनेछु  भनेर कैले पनि सोचेको थिइन। देशको निम्तिको मेरो अथक सेवा भावनाले नै मलाई यहाँसम्म पुऱ्यायो। यो पदमा बसेर संविधानको रक्षा र यसको मर्यादा बनाइराख्ने कर्तव्य मेरो हो।  राष्‍ट्रपति पदमा मेरो चयन भारतीय लोकतन्त्रको महानताका प्रतीक हो। म देशवासीलाई आश्वास्त गराउन चाहान्छु कि सर्वे भवन्तु सुखिन: जस्तै म पनि बिना भेदभावसित देशको सेवामा लाग्नेछु। सबैलाई धन्यवाद दिन्छु।’

विपक्षका साझा उम्‍मेदवार मीरा कुमारले भनिन्, ‘जुन विचारधाराको लडाईँको लागि  चुनाउमा सामेल बनेको थिएँ, त्यो अहिले नै समाप्त भइहालेको छैन। लडाईँ जारी रहनेछ। सिद्धान्तको यो लडाईमा देशका मानिसहरू आफैमा सुरक्षित र बलवान छन्। देशमा जातपातको विरुद्ध, पारदर्शिताको निम्ति,  धर्मनिरपेक्षताको विरुद्ध, प्रेसको स्वाधिनताको निम्ति लडाईं जारी रहनेछ।  कोविन्दजीलाई म यो जितको निम्ति बधाई दिन्छु अनि जसले पनि मलाई भोट दिए उनीहरू, मुख्यरुपमा सोनियाजी, जसले मलाई उम्मेदवार बनाइन, सबैलाई धन्यवाद दिन्छु।’

प्रधानमन्त्री नरेन्द्र मोदीले रामनाथ कोविन्दलाई बधाई दिएका छन् अनि मिरा कुमारलाई पनि चुनाउ प्रचारमा लोकतान्त्रिक मूल्य बनाइराखेकोमा बधाई दिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन