सरकारी कार्यालय दहन जारीः सेना अधिकारीले भने, सेना हटाउने बित्तिकै फेरि पहाडमा हिंसा शुरः आन्दोलन प्रतिनिधिहहरूले भेटे राज्यपाल

दार्जीलिङः पश्चिम बङ्गाल प्रशासन सूत्रले पहाडबाट सेना हटाएको बताएको छ। यता सेना हटाउने बित्तिकै आन्दोलनकारीहरूले सरकारी कार्यालय जलाउने काम गरेको आरोप पनि बङ्गाल प्रशासनले लगाएको छ। हिजो लामाहट्टाका दुइ सरकारी कार्यालय जलाइएको थियो भने राजस्व विभागको कार्यालय अनि एक पञ्चायत कार्यालयमा पेट्रोल बम फ्याँकेर आगो लगाइएको पुलिस सूत्रले बताएको छ।

हिजो दार्जीलिङको म्याजिस्ट्रेड  कार्यालयमा इन्टरनेट बहालीको मागमा व्यापक नाराबाजी गरिएको थियो भने 33 दिनदेखि पहाडमा इन्टरनेट सेवा बङ्गाल सरकारले ठप्प गरेको छ।

एक सेना अधिकारीले भने, ‘सेना हटाउने बित्तिकै पहाडमा फेरि हिंसा शुरु भएको छ। राज्य सरकारको अनुरोधमा 8 जुलाईको दिन पहाडमा सेना हालिएको थियो। राज्य सरकारले नै सेना हटाउने माग गरेपछि  18 जुलाईको दिन सेना हटाइएको थियो।’

यता पहाडमा राज्य प्रशासनले तृणमूल काङ्ग्रेस एवं ममता व्यानर्जीको देखरेखमा हिंसालाई प्रोत्साहन गरेर गोर्खाल्याण्ड आन्दोलनलाई दबाउन अनि राजनैतिक गोटी सेक्न खोजेको सम्बन्धमा पहाडका केही  राजनैतिक दलका प्रतिनिधिहरूले राज्यपाल केएन त्रिपाठीसित भेटघाट गरेको जानकारी पनि पाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन