‘गोरामुमोमा गोजमुमोलाई मन नपराउने समर्थक भएकोले अलग्गै एक्लै कार्यक्रम गरेको’

दार्जीलिङः मुद्दाको लागि विश्वभरिका गोर्खाहरू एकसाथ कार्यक्रम गरिरहेको बेला, गोरामुमोले मात्र किन दार्जीलिङमा एक्लै कार्यक्रम गरेको? यो प्रश्नको सजिलो जवाब दिएका छन् गोरामुमो दार्जीलिङ महकुमा समिति प्रवक्ता सन्दिप लिम्बुले। उनी जवाब दिँदै भन्छन्, ‘गोरामुमोमा गोजमुमोलाई मन नपराउने समर्थकहरू पनि छन्, त्यसै कारण गोरामुमोले अगल्लै एक्लै कार्यक्रम गरेको हो। यसमा जनताले अन्यथा लिनु हुँदैन।’

उनलाई लागेको छ, गोरामुमो र गोजमुमो दुवै दलमा एकार्कालाई मन नपराउने समर्थकहरू छन्, एकै ठाउँ कार्यक्रम गऱ्यो भने उनीहरू कार्यक्रममा आउँदैनन्। उनीहरू कार्यक्रममा नआउने डरले नै गोरामुमोले एक्लै कार्यक्रम गरेको हो।

‘सम्पूर्ण राजनैतिक दलको एउटै लक्ष्य हो गोर्खाल्याण्ड, गोजमुमो, क्रामाकपा र अन्य दलहरू एकैसाथ गोर्खाल्याण्डको लागि नै कार्यक्रम गरिरहेको छ,’ उनी आफै भन्छन्, ‘गोरामुमोले पनि गोर्खाल्याण्ड कै लागि एक्लै कार्यक्रम गरेको हो। अलगअलग भए पनि लक्ष्य एउटै हो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया