शहिद परिवारले एपीडीआरलाई भन्यो- हामीले मान्ने एउटै क्षतिपूर्ति हो- गोर्खाल्याण्ड

सिलगढ़ीः कलकत्ता आधारित राष्ट्रिय तहको मानव अधिकार संरक्षण संस्था ‘एसोसिएसन फर प्रोटेक्सन अफ डेमोक्रेटिक राइट्स’ (एपीडीआर)-को नौ सदस्यीय फ्याक्ट फाइण्डिङ टोलीले दार्जीलिङ-कालेबुङ सर्वेक्षण सिद्ध्याएर सिलगढ़ी फर्केपछि शनिवार भन्यो, “पहाड़भरि हामीले मानवाधिकार हनन भएको देख्यौँ”।

एपीडीआर राज्य महासचिव धीरज सेनगुप्ताले भने, “विशाल सङ्ख्यामा तैनाथ पुलिस बल अकर्मण्य भएको पायौँ”।

संस्थाले गोलीकाण्डमा शहीद हुने युवाहरूका परिवारजनसँग भेटेर क्षतिपूर्तिको माग गर्ने भनेर सोध्दा चकित पार्ने भावुक उत्तर पाएको उनले बताए। शहीद परिवारजनको उत्तर थियो, “हामीले मान्ने एउटै क्षतिपूर्ति हो गोर्खाल्याण्ड।”

उनले थपे, “केन्द्र र राज्य सरकारले शीघ्र आन्दोलनकारी जनतासँग संवादको बाटो खोल्नु पर्नेछ। भविष्यमा आवश्यकता परेको खण्डमा वा बोलाइएको खण्डमा हाम्रो केन्द्रिय जाँच टोली आउनेछ”।

 

के के भेट्यो त पहाड़मा एपीडीआरले?

  • विशाल सङ्ख्यक पुलिस बेकामे
  • शहीदको परिवारजनलाई आर्थिक क्षतिपूर्ति चाहिएन, गोर्खाल्याण्ड चाहिएको छ
  • योपालिको सङ्घर्ष जनताको हातमा छ, त्यही भएर राज्य र केन्द्रले सावधान भएर मुद्दाको समाधान गर्नु जरूरी हुनेछ
  • जिल्ला शासकलगायत अन्यान्य प्रशासन अधिकारीहरू बारम्बारको अनुरोधलाई ठुक्र्याउँदै कैरनमा सहयोग गर्न अघि बढ़ेनन्
  • खाद्य सङ्कट पचास प्रतिशत मात्र छ
  • शहरी इलाकामा उति खाद्य अभाव छैन जतिको खोंचतिर छ
  • बङ्गाल सरकारले गोलीकाण्डमा पुलिसको हात नभएको दावा गरे विपरीत जनताको दावा छ, इन्टरनेट खुल्ला हुँदो हो त सबै भण्डाफोर भइसक्ने थियो
  • गोलीकाण्ड सम्बन्धी सबुतस्वरूप जनतासँग प्रशस्त भिडियो फुटेज र नक्साहरू छन्
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन