राज्यको दमन र केन्द्रको असंवेदनशीलताको विरुद्ध गुप्त प्रधानले फर्काए साहित्य अकादमी पुरस्कार

गान्तोकः छुट्टै राज्य गोर्खाल्याण्डको जनआन्दोलनमा शान्तिपूर्ण ढङ्गमा लागीपरेको जनतामाथि पुलिसले गोली ठोक्ने घृणित कार्यको विरोध र निन्दा गर्दै प्रख्यात नेपाली साहित्यकार गुप्त प्रधानले आफ्नो साहित्य अकादमी पुरस्कार फर्काउने घोषणा गरेका छन्।

उनले वर्ष 2015 मा भारत सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित पुरस्कार प्राप्त गरेका थिए। पुरस्कार फर्काउने घोषणा साहित्यकार प्रधान स्वयंले गरेका हुन्। यसका साथै उनले बङ्गाल सरकारले दिएको भानु सम्मान पनि फर्काउने घोषणा गरेका छन्।

गत वर्ष भानु जयन्तीमा दार्जीलिङको चौरस्तामा आयोजित एक समारोहमा उनलाई बङ्गाल सरकारले भानु सम्न प्रदान गरका थिए। उनको यो घोषणाले गोर्खाल्याण्ड जनआन्दोलनले सकरात्मक र केन्द्र सरकार अनि विश्व वौद्धिक जमातमा नयाँ संकथन अघि सारेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन