तृणमूलका नगर पार्षद सन्तोष पट्वारीले दिए पार्टीबाट राजीनामा

खरसाङः तृणमूल काङ्ग्रेसको टिकटमा चुनाव जितेर खरसाङ नगरपालिकाको वार्ड नम्बर १५ को नगर पार्षद बनेका सन्तोष पट्वारीले तृणमूल पार्टीबाट राजीनामा दिएका छन्।

हिल तृणमूल अध्यक्ष राजेन मुखियालाई लेखेको राजीनामा पत्रको एक प्रतिलिपि मिडियाकर्मीहरुलाई उपलब्ध गराउँदै आफुले तृणमूल काङ्ग्रेस पार्टीको साधारण सदस्यबाट पनि राजीनामा दिएको बताएका छन्।

तिनले पार्टीबाट राजीनामा दिएको कारण स्पष्ट नपारे पनि पार्टीबाट राजीनामा दिएपछि स्वतन्त्र नगर पार्षदको रुपमा कार्य गर्ने बताएका छन् भने अहिले नै  कुनै पार्टीमा जाने कुनै योजना नभएको बताएका छन्।

उल्लेख्य छ सन्तोष पट्वारीले तृणमूल पार्टीबाट गत नगरपालिका चुनाउमा मोर्चाको प्रार्थी रमेश प्रसाद र स्वतन्त्र प्रार्थीहरु सुवास अग्रवाल र उत्तम प्रधानलाई पराजित गरेर खरसाङ नगरपालिकाको वार्ड नम्बर १५ को नगर पार्षद बनेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन