मदन तामाङ हत्याकाण्ड सुनवाइ मङ्गलबार सारियोः भोलि उपस्थिति नबने पक्राउ वारन्ट जारी गरिने

सिलगढ़ीः कलकत्ता सेसन्स कोर्टले गोर्खा लीग हेभिवेट नेता मदन तामाङ हत्याकाण्डमाथि आज गरिने भएको सुनवाइ मङ्गलबार सारेको कलकत्ता न्यायालय सूत्रले जनाएको छ।

यस काण्डका मुख्य आरोपीहरू गोर्खा जनमुक्ति मोर्चा शीर्ष नेता विमल गुरूङ, विनय तामाङ, रोशन गिरीलगायत २१ जनालाई आज कलकत्ता सेसन्स कोर्टमा सुनवाइको लागि उपस्थित भइदिने नोटिस हिजो सीबीआइ अधिकारीहरूले घरघरमा टाँसेर फर्किएका थिए। तर आज आरोपीहरू कोही उपस्थित नरहेको खबर छ।

अर्कोतिर बार काउन्सिलले कोर्टलाई आज कलकत्ताको मौसम खराब भएको कारण विभिन्न मामिलामा युक्त रहेका धेरै जना आरोपी उपस्थित रहन नसक्ने सम्भावना बढ़ी रहेकोले विशेष सुनवाइहरू स्थगित राखी कुनै ठूलो फसेला नसुनाइदिने अपील गरेको थियो। उक्त अपीललाई मान्दै न्यायालयले धेरै सुनवाइ नै भोलि सारेको हो।

न्यायालयलाई सीबीआइले गरेको अपीलअनुसार भोलि पनि उपस्थित नरहने आरोपीहरूविरूद्ध पक्राउ वारण्ट जारी गरिने छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन