साहित्य अकादमी होइन बङ्गालको सम्मान फर्काउँछु- गुप्त प्रधान

कालेबुङः साहित्यकार गुप्त  प्रधानले साहित्य अकादमी पुरस्कार होइन बङ्गालले दिएको सम्मान फिर्ता गर्ने भएका छन्। केही दिन अघि उनले साहित्य अकादमी पुरस्कार लगायत बङ्गालको सम्मान फर्काउने समाचार एक दैनिकले प्रकाशित गरेको थियो।

बङ्गालको सम्मान फर्काउने भनेको कुरालाई पत्रकारले अकादमी पुरस्कार बुझेर समाचार प्रकाशित गरिदिएको उनको भनाइ छ।

‘अकादमी पाएपछि भानु जयन्तीको दिन मलाई बङ्गाल सरकारले सम्मान गरेको थियो, मैले त्यही सम्मान फर्काउँछु भनेको हुँ,’ उनले भने, ‘छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा पुलिसद्वारा चलेको गोलिकाण्डमा निर्दोष मानिसहरूको मृत्यु बनेपछि त्यसैको विरोध गर्दै अनि गोर्खाल्याण्ड आन्दोलनलाई साथ दिँदै बङ्गाल सरकारको सम्मानलाई फिर्ता गर्ने निर्णय लिएको हुँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन