कालेबुङमा एक अनशनकारीको अवस्था चिन्ताजनक

कालेबुङ: कालेबुङमा आमरण अनशन बसेका तीनजना अनशनकारीहरूमध्ये एक युवकको अवस्था चिन्ताजनक रहेको छ। आमरण अनशनको आज चौथो दिन कालेबुङ इष्टमेन रोड निवासी अजीत रोका(42) को स्वास्थ्य चिन्ताजनक बन्दै गएको हो। आज बिहान अचानक अनशनकारी अजीत रोकाको स्वास्थ्य बिग्रिन थालेपछि कालेबुङ महकुमा अस्पतालका डाक्टर एसएन दासले अनशनस्थलमा आएर अजीत रोका एवं अन्यको स्वास्थ्य जाँच गरेका थिए।

गोर्खा जनमुक्ति युवा मोर्चाका केन्द्रिय समितिका सदस्य समीर बस्नेतले अनशनकारीहरूको अवस्थाबारे जानकारी दिँदै डाक्टरले अनशाकारीहरूलाई सलाइन लिन सुझाएको भए पनि अनशनकारीहरूले अस्वीकार गरेको बताए। अजीत रोका डिहाइड्रेसन, ब्लड प्रेसर, मसल्स् क्र्याम्प आदि समस्यासित जुझिरहेका छन्। शरीरमा पानीको कमि रहेको कारण जिब्रो अनि मुख सुक्खा रहेकोले उनलाई बोल्न पनि धेरै समस्या भइरहेको बताइएको छ। उनी लगायत अन्य दुई अनशनकारीहरू राजु विश्वकर्म अनि सागर दियालीको अवस्थामा पनि खराबी आउँदै गइरहेको छ।

अलग राज्य गोर्खाल्याण्डको मागमा गोर्खा जनमुक्ति युवा मोर्चाले गत 21 जुलाईदेखि दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा तीन-तीन जना गरी आमरण अनशन शुरू गरेको हो। आमरण अनशनले आज चौथो दिन पूरा गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन