पुलिसको गाडी तोडफोड

 

कालेबुङ:कालेबुङमा पुनः एउटा पुलिसको गाडी तोडफोड भएको छ। आज बिहान लगभग 5 बजीतिर यहाँको मोटरसट्याण्डमा उक्त गाडी तोडफोड गरिएको हो।

डब्ल्यूबी 30जी1071 नम्बर भएको उक्त बोलेरो गाडी पुलिसले भाडामा लिएर चलाउने गरेको थाहा लागेको छ। बिहान कालेबुङ थानातर्फ आइरहेको समय अज्ञात युवकहरूले मोटरसट्याण्डमा गाडीलाई रोकेर तोडफोड गरेपछि गाडी पूर्णरूपमा क्षतिग्रस्त बनेको छ।

उक्त क्षतिग्रस्त बाहन मोटरसट्याण्डमा पल्टिएको अवस्थामा रहेको थियो। घटनाको खबर पाए लगत्तै पुलिसले घटनास्थलमा पुगेर गाडी उद्धार गरेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन