कर्मचारी सरूवाको विरोधमा पाकस

दार्जीलिङः पार्वत्य कर्मचारी संगठनले पहाड़बाट कर्मचारीहरुको सरूवालाई यथाशीघ्र रोक्नुपर्ने माग गरेको छ। संगठनका एक पदाधिकारीले भने-दार्जीलिङ पहाड़मा चलिरहेको गोर्खाल्यान्ड आन्दोलनलाई केन्द्र गरेरनै दार्जीलिङ पहाड़का विभिन्न राज्य सरकार अधीनस्थ कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई पहाड़बाट समतलतिर सरूवा गर्ने कार्य भइरहेको छ।

पहाड़का कर्मचारीहरुलाई समतल क्षेत्रमा सरूवा गरेर उनीहरुलाई पीड़ित बनाउने कार्य भइरहेको छ, राज्यले यसप्रकारको कार्यलाई यथाशीघ्र रोक्नुपर्छ। ज्ञात रहोस्, गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङ पहाड़मा अनिश्चितकालीन बन्दको आह्वान गर्नसाथ राज्य सरकारले एक आदेश जारी गर्दै प्रत्येक सरकारी कर्मचारीहरुलाई कार्यालयमा अनिवार्यरूपले उपस्थित हुने निर्देश दिएको थियो। फलस्वरूप सरकारी कर्मचारीहरु आ-आफ्नो कार्यालयमा उपस्थित हुन बाध्य बनिरहेका थिए।

तर गोर्खाल्यान्डका आन्दोलनकारीहरुले यी सरकारी कर्मचारीहरूले गोर्खाल्यान्डको आन्दोलनलाई सहयोग प्रदान नगरेको अनि उनीहरु कार्यालयमा लगाताररूपले गइरहेको आरोप लगाउँदै गत केही दिनअघि आन्दोलनकारीहरुले यी सरकारी कर्मचारीहरुलाई खदा लगाएर लाजमर्दो बनाउने पनि कार्य गरेका थिए। यति मात्रै होइन, गत केही दिनअघि गोर्खाल्यान्डका आन्दोलनकारीहरुले जिल्लापाल कार्यालय बाहिर व्यापकरूपमा भेला भएर सरकारी कर्मचारीहरुलाई कार्यालय नजाने चेताउनी पनि दिएका थिए। फलस्वरूप जिल्लापाललेनै जिल्लापाल कार्यालयका कर्मचारीहरूलाई कार्यालय नआउने निर्देश दिएकी थिइन्।

जसको कारण गत केही समयदेखि यता जिल्लापाल कार्यालयका कर्मचारीहरु कार्यालय जान छोड़ेका छन् अनि जिल्लापाल कार्यालय बाहिर विक्षोभ प्रदर्शनको कार्यक्रम पनि ठप्प बनेको छ। तर जिल्लापाल कार्यालयमा काम गर्ने कर्मचारीहरुबाहेक अन्य कार्यालयमा काम गर्ने कर्मचारीहरु धेरै असुविधामा परेका थिए, फलस्वरूप उनीहरु आफ्नो कार्यालय गएका थिएनन्। यसैले कार्यालय नआउने कर्मचारीहरुलाई जिल्ला प्रशासनले राज्यका अन्य क्षेत्रतिर सरूवा गरेको बताइएको छ। यसैले राज्य सरकारको निर्देशमा पहाड़का कर्मचारीहरुलाई अन्यत्र सरूवा गरिरहेको विरोधमा पार्वत्य कर्मचारी संगठन अघि आएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन