मारवाड़ी भवनमा पनि सीआरपीएफको कब्जा

दार्जीलिङः दार्जीलिङको सन्त जोसेफ कलेजमा जबर्जस्ती पसेपछि सीआरपीएफले यहाँको मारवाड़ी सहायक समिति भवनमा पनि जबर्जस्ती कब्जा जमाएको मारवाड़ी सहायक समितिले आरोप लगाएको छ। जसलाई शीघ्र हटाउने माग गर्दै आज मारवाड़ी सहायक समितिले दार्जीलिङका पुलिस अधीक्षकलाई एक ज्ञापन दिएको बताएको छ।

समितिका अध्यक्ष राजेश अग्रवालले यसबारे भने-गत 20 जुलाईको दिन सीआरपीएफले अवैधरूपले मारवाड़ी सहायक समिति भवनको ताला तोड़ेर यस भवनमा कब्जा जमाउने कार्य गरेको छ। जसको कारण समितिका सदस्यहरु हत्प्रभ भएका छन्। दार्जीलिङ पहाड़का हिन्दी भाषी समुदायले आफ्नो सांस्कृतिक, सामाजिक अनि धार्मिक कार्यक्रमहरु गर्ने साथै विभिन्न प्राकृतिक आपदाको समय प्रयोगमा ल्याइने यो भवन दार्जीलिङ र खरसाङ महकुमाका एकमात्र भवन हो, जसमा सीआरपीएफले कब्जा जमाएपछि यहाँ यस समुदायको कुनै कार्यक्रम गर्न धेरै असुविधा भएर जानेछ। यसबारे समितिलाई दार्जीलिङ सदर थाना पुलिसले अवगत गराएको थियो अनि सीआरपीएफले माथिल्लो दुइतला प्रयोगमा ल्याएको जानकारी गराएको थियो।

यसका साथै पुलिसले रहल अन्य तलाहरुमा समितिले आफ्ना कार्यक्रमहरु गर्नसक्ने बताएको पनि समितिका अध्यक्ष अग्रवालले बताए। स्मरण गराइन्छ, गत केही सप्ताहअघि मात्रै उच्च अदालतको निर्देशमा दार्जीलिङ पहाड़मा चार कम्पनी सीआरपीएफ आएको थियो, जसमध्ये एक कम्पनी सीआरपीएफलाई कालेबुङ पठाइएको थियो भने एक कम्पनी सीआरपीएफ खरसाङमा राखिएको छ। दार्जीलिङमा आएका सीआरपीएफलाई यहाँको जिमखाना भवन र सन्त जोसेफ कलेजमा राखिएको थियो।

तर सन्त जोसेफ कलेजमा पनि सरआरपीएफका जवानहरुले कलेजको ताला तोड़ेर कब्जा जमाएको आरोप स्वयं कलेज कतृपक्षले लगाएको थियो अनि यी सीआरपीएफ जवानहरुलाई यथाशीघ्र कलेज परिसरबाट हट्ने निर्देश जारी गरिएको थियो। तर अहिलेसम्म पनि सीआरपीएफले सन्त जोसेफ कलेज परिसर छोड़ेको छैन भने यसैबीच मारवाड़ी सहायक समिति भवनमा पनि अवैध कब्जा जमाएको आरोप उठेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन