एबीएन च्यानल प्रसारणको रोकमाथि विरोध

दार्जीलिङः एबीएन नेपाली च्यानलको प्रसारणमाथि रोक लगाएकोमा दार्जीलिङ प्रेस गिल्डले विरोध जनाएको छ। यसबारे प्रेस गिल्डका अध्यक्ष दीप गजमेर अनि सचिव प्रणव छेत्रीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्-22 जुलाई 2017-देखि नेपाली भाषामा प्रसारण गरिने एबीएन च्यानल साथै दार्जीलिङका स्थानीय च्यानलहरुको प्रसारणमाथि राज्यको प्रशासनले रोक लगाएको छ। यसको दार्जीलिङ प्रेस गिल्डले कठोर शब्दमा विरोध जनाउँछ।

गणतन्त्रको चौथो स्तम्भमाथि यसप्रकारको हस्तक्षेपलाई सोझै गणतन्त्रको हत्या मान्न सकिन्छ। यसैले जिल्ला प्रशासनले एबीएन साथै स्थानीय च्यानलहरूको प्रसारणलाई यथाशीघ्र पुनर्बहाल गर्नुपर्छ। यसका साथै प्रेस गिल्डले इन्टरनेट सेवामाथि लगाइएको रोकको पनि विरोध जनाएको छ अनि यसले दार्जीलिङ पहाड़का आम जनता, विद्यार्थी साथै पत्रकारहरुलाई पनि आ-आफ्नो कार्य गर्न असुविधा भइरहेको बताएको छ। यसैले प्रशासनले इन्टरनेट सेवाको पुनर्बहाल पनि शीघ्र गर्नुपर्ने प्रेस गिल्डको माग छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन