‘अन्य व्यवस्थामा सम्झौता भए जनताले नेताको शिकार गर्नेछ’

दार्जीलिङः यसपाली दार्जीलिङ पहाड़का नेताहरुले गोर्खाल्यान्डबाहेक अन्य व्यवस्थामा सम्झौता गरे पहाड़का जनताले नेताको शिकार गर्नेछन्। आज यहाँको चौकबजारमा आयोजित एक सभालाई सम्बोधन गर्दै विद्यार्थी मोर्चाका सदस्य एवं गत केही दिनअघि मात्रै गोर्खाल्यान्डको लागि सिभिक पुलिसको काम छोड़्ने उज्जवल लिम्बुले यस्तो चेताउनी दिएका छन्। उज्ज्वलले गत केही दिनअघि मात्रै सिभिक पुलिसबाट राजीनामा दिएका हुन् अनि उनी अहिले गोर्खाल्यान्डको यस आन्दोलनमा सड़कमा ओर्लिरहेका छन्।

आजको जुलूसमा सहभागी बनेपछि उनले चौकबजारमा आयोजित सभालाई सम्बोधन गरेका थिए। ‘86-को गोर्खाल्यान्ड आन्दोलनमा मेरो पिताको हातमा पुलिसको गोली लागेको थियो, अब यसपालीको आन्दोलनमा म आफ्नो छात्ती थाप्न तयार छु,’ उनले सभालाई सम्बोधन गर्दै भने, ‘पहाड़का जनता केवल अलग राज्य गोर्खाल्यान्डको लागि सड़कमा आएका छन्, यसैले गोर्खाल्यान्डबाहेक कुनै पनि व्यवस्थालाई जनताले मान्ने छैनन्। यसैले यो आन्दोलन ठेकादार जन्माउने आन्दोलन हुनुहुँदैन, यो आन्दोलनले गोर्खाल्यान्डनै ल्याउनुपर्छ। यसैले पहाड़का नेताहरुले पनि गोर्खाल्यान्डको साटो अन्य व्यवस्थामा सम्झौता गरे जनताले यसपाली अवश्यै नेताको शिकार गर्नेछन्।’

स्मरण गराइन्छ, दार्जीलिङ पहाड़ बन्दको 41औं दिन आज पनि दार्जीलिङमा निकालिएको जुलूसमा व्यापक संख्यामा जनताको सहभागिता थियो, जसले स्थानीय रेलवे स्टेशनदेखि गोर्खाल्यान्डको पक्षमा नाराबाजी गर्दै शहर परिक्रमा गरेपछि चौकबजारमा आएर जनसभाको रूप लिएको थियो। यस जनसभालाई सम्बोधन गर्दै युवा मोर्चा सहसचिव सञ्जीव लामाले पनि राज्यको तृणमूल काङ्ग्रेस सरकारको कठोर आलोचना गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन