बङ्गालले साइलेन्ट पोलिटिक्स गरिरहेको आरोप

झोलुङः गोर्खाल्याण्डको माग गर्दै आज जलढका परेङमा ऱ्याली निकालियो। युवा मोर्चाद्वारा आयोजित जुलुस प्यारेन मोडदेखि शुरू भएर परेङ कोलोनी परिक्रमा गरेपश्चात फेरि मोडमा आएर पथसभामा भएको थियो। सभालाई मोर्चा अनि जापका क्षेत्रिय नेतृत्वले सम्बोधन गरेका थिए।

राजेस गुरुङद्वारा सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्दै स्प्रीङ डेल्स एकाडेमीका प्रधान अध्यापक कुमार सापकोटाले आन्दोलनमा विद्यार्थी वर्गले धेरै समस्या भोग्न परे तापनि छुट्टै राज्यको निम्ति भनेर सहेर बसेको बताए। उनले अभिभावक वर्गलाई विद्यार्थीहरूको भविष्यलाई लिएर नआत्ती दिने आव्हान गरे। यता जाप युवा नेता सन्दिप कुलुङले बन्द 40 दिन बितिसक्दा पनि सरकार पक्ष मौन बसेकोमा घोर निन्दा गरे। ‘आज सरकारले चीनबाट भारतलाई जोगाउन 6 हजार गोर्खा सिमानामा पठाउँन सक्छ भने ती सेनाको सन्तानको मागबारे सरकार किन मौन छ?’, उनले भने, ‘यो आन्दोलनमा जनता थकाउने बन्द मात्र गरेर हुँदैन, जीएससीसीले अब जनता होइन सरकार थकाउने कार्यक्रम फ्याँक्न पर्छ। जनता आमरण अनसन बसेर मरेको इतिहास धेरै छ तर अब सरकारमा दवाव बनाउन सबै राजनैतिक दलका नेताहरू आमरण अनसन बसेको हुनपर्छ।’

उनले कुनै पनि राजनैतिक दलको झण्डा र चौकी जोगाउन सहिदहरूले पुलिसको गोली निलेको होइन भन्दै नेतृत्व वर्गले बुझ्न पर्ने बताए।

यसरीनै सभालाई सम्बोधन गर्दै मोर्चा युवा नेता विभुसन थापाले आन्दोलन दबाउन बङ्गालले साइलेन्ट पोलिटिक्स गरिरहेको आरोप लगाए। ‘अब कुनै पनि शक्तिले गोर्खाको माग र एकतालाई भत्काउनु  सक्दैन,’ उनले भने, ‘सम्पूर्ण जनता प्रतिबद्ध भएर अघि बढ्नुपर्छ। दलहरूले पनि प्रतिबद्ध भएर काम गरेको हुनुपर्छ।’

यता मोर्चा समष्टी युवा सचिव दिपक छेत्रीले पनि सरकारप्रति आक्रोस व्यक्त गर्दै युवा शक्तिलाई सरकारले अनदेखा गरे सरकारलाई नै नोक्सान हुने बताए। ‘सरकारले नेतृत्वलाई पक्रिन खोज्छ भने जेल भरो आन्दोलन गर्ने छौं,’ उनले भने, ‘आन्दोलन कालमा युवाहरूले मद मदिर छोडनुपर्छ। हामी जलाउने भत्काउने पक्षलाई विश्वास गर्दैनौं।

यसरी नै मोर्चा समष्टी प्रवक्ता एव कवि प्रकाश कट्टेलले गोर्खाल्याण्डबारे कविता पनि वाचन गरे भने आगमी 27 जुलाई बिन्दुदेखि कुमाईसम्म वाइक ऱ्याल्ली निकालिने,  28  जुलाईमा शिक्षक वर्गले झोलुङमा जुलुस निकाल्ने अनि 30 जुलाईको दिन अन्य ठाँउ सरह विराट ऱ्याली निकालिने बताए। सभामा दिनानाथ शर्मा, कमल खड्का, मणि अधिकारी, सन्तोष खवास, आदिको विशेष उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन