चामलिङले उठाए गोर्खाल्याण्डको कुराः मोर्चाद्वारा आभार व्यक्त

कालेबुङः सिक्किमका मुख्यमन्त्री पवन चामलिङले प्रधानमन्त्री नरेन्द्र मोदीसित भेटघाट गर्दै दार्जीलिङको समस्याको स्थायी सामाधानले नै सिक्किमको भलो हुने बताएका छन्। दार्जीलिङमा हुने आन्दोलनको कारण सिक्किमले सङ्कट भोग्नु परिरहेको सन्दर्भमा कुरा गर्दै चामलिङले सिक्किमको सङ्कट सामाधान दार्जीलिङको समस्याको स्थायी सामाधानले हुने कुरा उनले प्रधान मन्त्री मोदीसित गरेका हुन्।

यता केन्द्रिय गृहमन्त्री राजनाथसिंहसित पनि उनले दार्जीलिङको जिकिर गरेका छन्।  चामलिङ चाहान्छन्, दार्जीलिङ पहाडमा उठिरहेको छुट्टै राज्यको मागको सामाधान शीघ्र होस्। यता नरेन्द्र मोदी अनि राजनाथ सिंहले दार्जीलिङलगायत उनले सिक्किमका समस्याबारे उठान गरेका मुद्दामा आफूहरू गम्भीर रहेको जनाएका छन्।

गोर्खा जनमुक्ति मोर्चा सहसचिव विनय तामाङले मुख्यमन्त्री चामलिङप्रति आभार व्यक्त गरेका छन्।

‘उनले आफू बसेको जिम्मेवार पदको सम्मान हुनेगरीको धर्म निर्वाह गरेका छन्,’ तामाङले भने, ‘हामी उनीप्रति आभार व्यक्त गर्छौँ।’

तामाङले सिक्किम नर्थ इष्ट काउन्सिलमा पस्दा नर्थइष्ट र सिक्किमबीचको दार्जीलिङ छुटेको भन्दै देशको सुरक्षाको सवालमा पनि दार्जीलिङ नर्थइष्ट काउन्सिलमा गाभिनुपर्ने बताए। ‘प्रधानमन्त्री अनि गृहमन्त्रीसित कुराकानी गर्दा मुख्यमन्त्री चामलिङले गोर्खाल्याण्डको औचित्य, देशको सुरक्षाबारे पनि निश्चय नै कुरा गरे होलान्,’ उनले भने, ‘उनी गोर्खाहरूको मुख्यमन्त्री हुन्, उनले गरेको सुर्ता केवल सिक्किमको मात्र हुँदैन अनि देशभरिका नेपाली भाषी भारतीयको पहिचानको सवालमाथि उनले सुर्ता गर्नेछन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन