रहेनन् ८६ का योद्धा बालकृष्ण शर्मा

निरपानीः गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका चर्चित र कर्मठ नेता बालकृष्ण शर्मा शहिद दिनै दिन बिते। उनलाई दोस्रो घिसिङ पनि भनिन्थ्यो। उनले जीवनमा एउटै दल गोरामुमोमा रहेर राजनीति गरेका थिए। उनी ८६ को सशस्त्र गोर्खाल्याण्ड आन्दोलनका सङ्ग्रामी योद्धा थिए। गोरामुमो केन्द्रिय समितिका सदस्य एवं गोरामुमो को ट्रेड युनियन एचपीडब्लुयुका महासचिव पनि थिए।

शर्माले निरपानी अवस्थित आफ्नो निजी निवासमा अन्तिम स्वास लिए।  ‘बालकृष्ण शर्मा जाति र माटोको साँचो हितैषी अनि सङ्ग्रामी योद्धाको निधनले गोरामुमो पार्टीलेमात्र होइन सम्पूर्ण गोर्खा समाजले एउटा अमूल्य रत्नलाई गुमाएको छ,’ सचित गहतराजले भने, ‘उहाँको जाति र माटोप्रतिको त्यागलाई हामी कहिले भुल्ने छैनौं। जब जब जाति, माटो, अस्तित्व र अस्मिताको कुरा आउनेछ बालकृष्ण शर्माको नाम श्रद्धापूर्वक स्मरण हुनेछ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन