गोर्खाल्याण्ड गठनबारे कुनै समितिको प्रस्ताव छैन-मन्त्रीः मोर्चा प्रश्नको घेरामा

कालेबुङः केन्द्र सरकारले गोर्खाल्याण्ड गठनलाई लिएर एउटा समिति बनाउने आश्वासन दिएको कुरा गोर्खा जनमुक्ति मोर्चाले गरिरहेको थियो तर केन्द्रले यस्तो समितिबारे अहिलेसम्म कुनै कुरा नसोचेको केन्द्रले बताएको छ।

लोकसभामा काङ्ग्रेसका ज्योतिरादित्य एम. सिन्धियाले दार्जीलिङमा चलिरहेको आन्दोलनबारे प्रश्न उठाएका थिए, यसको जवाबमा गृह मामिलाका राज्य मन्त्री हंसराज गङ्गाराम अहिरले केन्द्रले यस्तो समिति बनाउने कुरा अहिलेसम्म नसोचेको खुलाएका हुन्। बरू उनले त पहाडमा सरकारी सम्पति आन्दोलनकारीहरूले क्षति गरेको अनि यसैको लागि केन्द्रले पश्चिम बङ्गाल सरकारलाई सहयोग गर्दै केन्द्रिय बल पठाएको पो बताएका छन्।

‘गोर्खा आदिवासी अनि अन्य समुदायको माग र यसलाई बुझ्न केन्द्रले कुनै समिति बनाइरहेको छ?’,- काङ्ग्रेस सांसदले सोधेका थिए।

‘गोर्खा आदिवासी अनि अन्य समुदायको माग र यसलाई बुझ्न केन्द्रले कुनै समितिको बनाउने कुनै प्रस्ताव छैन,’ जवाबमा मन्त्रीले भनिदिए।

उनको यसप्रकारको खुलासाले मोर्चाको झुट सामुन्ने आएको छ। अब विभिन्न पार्टी र जनताले मोर्चामाथि प्रश्न उठाउन सक्छन्, ‘त्यसो हो भने मोर्चाले कुन समितिको कुरा गरेको हो?’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन