सांसद एसीरुममा, गोर्खा आमरण अनशनमाः अहलुवालियाले नैतिकरूपमा राजिनामा दिउन्-एनसीपी

सिलगढीः राष्ट्रवादी कङ्ग्रेस पार्टीले दार्जीलिङ सासंद एस एस आहलुवालियाको तत्काल राजीनामाको माग गरेको छ। दार्जीलिङ पहाड़, जहाँका जनताले उनलाई जिताएर सत्तामा पठाएका हुन्, अहिले गोर्खाल्याण्ड आन्दोलनमा सङ्कटको आगोमा परिरहेको बेला उनी एसी कार्यालयमा निष्क्रिय भएर बसेका छन्, एनसीपीले आरोप लगाएको छ। ‘गोर्खाहरू गोर्खाल्याण्डको मागमा आमरण भोक हड्तालमा बसेका छन्, उनीहरूको अवस्था गम्भीर छ,’एनसीपी दार्जीलिङका अध्यक्ष फैजल अहमदले भने, ‘सांसद एसएस अहलुवालिया दिल्लीमा एसीरुममा बसेर आराम फर्माइरहेका छन्।’

आफूलाई भोट दिएर जिताउने जनतासित भेट्न नचाहने सांसद कस्तो सांसद? भन्ने प्रश्न उठाउँदै दार्जीलिङका आन्दोलनकारीहरूले उनको प्रतीक्षा गरेको भए पनि सांसदलाई भने चिलाइ न कनाइ रहेकोमा एनसीपी छक्क परेको पनि फैजलले बताएका छन्।

‘ सन् २०१४-को लोकसभा चुनाउ प्रचारमा ‘गोर्खा का सपना मेरा सपना’ भनेर दावा गर्ने दलले आज आएर लत्याएकोले गोर्खा दाजुभाइको भविष्य धमिलिएको छ,’ उनले थपे, ‘राज्य भाजपा अध्यक्ष दिलिप घोषले आन्दोलनलाई समर्थन गर्नुको सट्टा संवादमा आउनु भनेर गोजमुमोलाई सुझाउ दिइरहेका छन्। तर अझसम्म कुनै एक भाजपा नेता पहाड़े जनताको कैरन गर्न पहाड़ चढ़ेका छैनन्,  जहाँ विगत ४० दिनदेखि पहाड़का गोर्खाहरू दयनीय जीवन गुजार्न बाध्य छन्। राज्यकी मुख्यमन्त्रीको दिल्लीमा प्रधानमन्त्री र गृहमन्त्रीसँगको भेटघाटको गोर्खाल्याण्डसँग कुनै साइनो छैन। त्यो भेट बङ्गालको बाढ़को स्थितिसँग सम्बन्धित थियो। प्रधानमन्त्री कार्यालयको सूचनाले पनि यही पुष्टि दिएको छ।’

उनले राज्य र केन्द्र दुवै भएर मोर्चा वा आन्दोलनकारीहरूलाई फनफनी घुमाइरहेको भन्दै आपत्ति जनाएका छन्।

एनसीपी नेतृत्वले गोर्ख्याल्याण्ड आन्दोलनकारीहरूलाई गणतान्त्रिक ढङ्गमा चलिरहेको आन्दोलन कुनै पनि हालतमा अघि बढ़ाएर लैजाने सहभावपूर्ण सुझाउ दिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन