शहिदको सपना साकार पार्ने आफ्नो प्रतिवद्धताबाट म एक इञ्च पनि पछि हटेको छुइँन-विमल गुरूङ

दार्जीलिङः ‘आफ्नो वासभुमि गोर्खाल्याण्डको निम्ति अमूल्य प्राणको आहुति दिने सम्पूर्ण शहिदहरूलाई गोर्खा शहिद दिवस-को पुण्यतिथिको अवसरमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु,’ शहिद दिवसलाई सम्बोधन गर्दै आज गोर्का जनमुक्ति मोर्चा प्रमुख विमल गुरूङले भनेका छन्।

उनले वर्तमान गोर्खाल्याण्डको मुद्दा निर्णायक मोड़मा पुगेको पनि दाबी गरेका छन्। ‘वर्तमान परिस्थितिमा प्रत्येक गोर्खाले शहिदहरूको त्याग र बलिदानलाई आत्मसात गरेर पूर्ण समर्पण अनि इमान्दारिताको साथमा अघि आउनुपर्नेछ,’ गुरूङले अझ भनेका छन्, ‘ पारस्परिक वैरभाव, राजनैतिक, सामाजिक, धार्मिक तथा सबै मतभेदहरू पन्साएर सबै गोर्खाहरू एकजुट भएर गोर्खाल्याण्डको मार्गमा आइपर्ने बाधाहरूको सामना गर्नुपर्ने समयको माग रहेको छ।’

विमल गुरूङले बारम्बार नै आफू शहिदको सपना पुरा गर्ने प्रतिबद्धता जारी गर्दै आइरहेका छन्, यसपल्टको शहिद दिवसमा पनि उनले त्यो प्रतिबद्धता दोहोऱ्याएका छन्। ‘वीर शहिदहरूले देखेको गोर्खाल्याण्डको सपना साकार पार्ने आफ्नो प्रतिवद्धताबाट म एक इञ्च पनि पछि हटेको छुइँन,’ उनले भनेका छन्, ‘ शहिदहरूले देखाएको मार्ग अनुसरण गर्दै झुकेर होइन तर अन्तिम साससम्म पनि लड़ेर नै गोर्खाल्याण्ड निर्माण गर्न म सङ्घर्षरत् छु। समग्र गोर्खे सन्तानहरूलाई पनि झुकेर होइन डटेर समस्या अनि बाधाहरूको सामना गरिदिने म अपील गर्न चाहन्छु। अब शहिदहरूको बलिदानको मूल्य चुकाउने सही समय आएको छ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन