चामलिङ विरुद्ध खनिए गौतम देव

सिलगढीः दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसित सिक्किमका मुख्यमन्त्री पवन चामलिङले गोर्खाल्याण्डको कुरा गरेको पश्चिम बङ्गाल राज्यको पर्यटन मन्त्री गौतम देवलाई पचेन।

नयाँ कार्यकर्ताहरूलाई पार्टीमा सामेल गर्ने अवसरमा बोल्दै गौतम देवले गोर्खाल्याण्डको मुद्दालाई लिएर सिक्किमराज्यको समर्थनमा आपत्ति प्रकट गरे।‘गोर्खाल्याण्डको आन्दोलन हाम्रो राज्यको आन्तरिक मामिला हो,’ उनले भने, ‘यसबारे मुख्यमन्त्री पवन चामलिङले कुनै पनि हस्तक्षेप गरेको राम्रो होइन।’

उनको आरोप अनुसार सिक्किमको समर्थनको बलमा नै आन्दोलन चलिरहेको छ। यसलाई समर्थन गर्नु बङ्गालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हो। ‘चामलिङको हस्तक्षेप असंवैधानिक हो,’ उनले भने, ‘एउटा राज्यले अर्को राज्यको मामिलामा हस्तक्षेप गर्नु संविधानलाई अवमानना गर्नु हो।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन