शहिद दिवसमा स्थानीयले सम्झिए अशोक तामाङ

दार्जीलिङः त्रिवेणी परिवार वेलफेयर सोसाइटी मन्तुलाल आरएन सिन्हा पथले पनि आज शहीद अशोक तामाङको प्रथम शहीद दिवस पालन गर्‍यो। जसलाई सोसाइटीले वर्षेनी पालन गर्ने निर्णय लिएको सोसाइटीका सचिव राजेश मोथेले बताए। गत 8 जुलाईको दिन दार्जीलिङको जजबजार परिसरमा पुलिसले चलाएको गोली लागेर अशोक तामाङ गम्भीर घाइते भएका थिए अनि 11 जुलाईको दिन उनको सिक्किमको एक अस्पतालमा दुखद निधन भएको थियो।

उनी गोर्खाल्यान्ड आन्दोलनकै क्रममा शहीद भएका थिए अनि उनले गोर्खाल्यान्डको लागि आफ्नो जीवन बलिदान दिएका हुन् भन्ने विषयलाई ध्यानमा राखेरनै सोसाइटीले आज 31औं शहीद दिवसकै अवसर पारेर अशोक तामाङको पनि शहीद दिवस पालन गर्‍यो।

उनले भने-अशोक तामाङ घाइते बनेर सिक्किममा उपचारको लागि जाँदा सिक्किमे जनताले उनलाई धेरै सहयोग पुर्‍याएका थिए अनि उनको अन्त्येष्टिमा गोर्खा दुःख निवारक सम्मेलन र गोर्खा जनमुक्ति मोर्चाले पनि सहयोग प्रदान गरेकोमा सोसाइटीको पक्षबाट सबैप्रति धन्यवाद जनाइएको पनि मोथेले बताए। यस कार्यक्रममा सोसाइटीका उपाध्यक्ष बसन्त रसाइली, कोषाध्यक्ष उत्तम बम्जनले पनि वक्तव्य राखेका थिए भने उनीहरुले पनि शहीदप्रति श्रद्धार्पण गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन