पिसाबमा रगत बग्न थाल्यो, तरै पनि अनशनकारीहरू भन्छन्, दबाई होइन गोर्खाल्याण्ड चाहिन्छ

कालेबुङः कालेबुङका तीन अनशनकारी राजु विश्वकर्म, सागर दियाली अनि अजित रोकाको स्वास्थ्य गम्भीररूपले बिग्रिएको छ।

कालेबुङ अस्पतालका डा. पी. विश्वासले उनीहरूको स्वास्थ्य जाँच गरेपछि भने, ‘शीघ्र अस्पताल पुऱ्याएर उनीहरूको जाँच नभए अवस्था जे पनि हुन सक्छ। उनीहरूले शीघ्र नै दबाई लिन अनिवार्य छ।’

राजु विश्वको पिसाबमा रगत जान बन्द भएको छैन। दुइको शरिरमा पानी सुक्दै गइरहेको छ अनि अनेकौं समस्या शुरु भइसकेको छ।

यता अनशनकारीहरूलाई दबाई लिइदिने डा. विश्वासले बारम्बार आग्रह गरे पनि अनशनकारीहरूले मानेका छैनन्।

‘हामीलाई दबाई होइन गोर्खाल्याण्ड चाहिएको हो,’ उनीहरू भन्छन्, ‘बरू मर्छौँ, दबाई लिन्नौँ।’

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन