दिइएको मियाद अघि नै लोपसाङ लामाले मागे माफीः 800 परिवारले मोर्चा छोड्ने निर्णय लियो फिर्ता

कालेबुङः तोदेमा गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटी गठन गर्नेहरूलाई पूर्व सभासद् लोपसाङ लामाले सोधेका थिए,  ‘मलाई प्रश्न गर्ने को हो? तँलाई मेरो विषय प्रश्न गर्ने अधिकार कसले दियो?’

जीएमसीसी तोदेको कार्यक्रममा एक प्रतिनिधिले ‘वरिष्ट नेताहरू आन्दोलनको बेला हराएको’ आरोप लगाएका थिए, त्यसैको जवाबमा लोपसाङ लामाले बोलेको भाषा भने यस्तो थियो।

लामाले सो दिन जीएमसीसी गठन गरेकोमा पनि आपत्ति जनाएका थिए।

‘तोदे ताङ्तामा जीएमसीसी  मेरो अनुमति बिना कसरी गठन गऱ्यो,’ लोपसाङ लामाले जनसभामा भनेका थिए, ‘यो कमिटी गठन गर्ने अनुमति कसले दियो?’

यसबाहेक लोपसाङ लामाले मोर्चालाई 1 करोड रुपियाँ दिइसकेको खुलासा पनि गरेका थिए भने आफूलाई टाई लगाउने अनि क्षेत्रका मानिसहरूलाई गाई बाँध्ने समेत भनेकामा स्थानीय प्रतिनिधिहरू अनि जनता लामासित क्षुब्ध बनेका थिए।

जीएमसीसी तोदेले लामालाई माफी माग्ने अन्तिमेत्थम दिँदै भनेको थियो, ‘31 जुलाईसम्म क्षेत्रमा आएर लामाले आफ्नो भूल सच्याउन र माफ माग्नुपर्छ। लामाले माफ नमागे तोदे ताङताका 800 घर मोर्चा कार्यकर्ताहरूले मोर्चाबाट राजिनामा दिनेछ अनि साझा मञ्चबाट नै आन्दोलन गर्नेछ।’

लोपसाङ लामाले 31 जुलाई अघि नै माफी मागेका छन्। उनले माफीनामामा भनेका छन्, ‘मेरो बचनले चोट पुगेकोमा क्षमा चाहान्छु।’

यता जीएमसीसी तोदेले पनि माफीनामाको जवाबमा भनेको छ, ‘कालेबुङ जिल्ला कमिटी मोर्चाका प्रतिनिधिको सामु लामाले माफी मागेको अनि माफीनामा पनि लेखेकोले उनलाई माफ गर्दै 800 परिवारले मोर्चाबाट राजिनामा लिने हामीले गरेको निर्णय फिर्ता लिएका छौँ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन