पुलिसको गोलीले चारजना घाइते

विज्ञापन

सुकनाः गोर्खा जनमुक्ति मोर्चाका उपाध्यक्षले विशाल छेत्रीले सुकना झडपमा पुलिसको गोली लागेर अजय छेत्री अनि  सोनाम तामाङको अवस्था गम्भीर छ। बताइए अनुसार अझ चारजनालाई गोली लागेको छ, उनीहरूलाई सिलगढी अस्पताल पुऱ्याइएको छ।

पुलिस प्रशासन पक्ष यस सम्बन्धमा केही बोल्न मानेको छैन। यद्धपि पुलिस आयुक्त नीरज कुमारले घटनास्थल पुगेर घटनाबारे जानकारी लिएका छन्। पुलिसपक्षबाट बताइए अनुसार पुलिस ओसी सञ्जय घोष झडपमा नै घाइते बनेका छन्। एक प्रदर्शनकारीले खुकुरीले प्रहार गर्दा उनको एउटा औंली च्वाट्टै काटिएको बताइएको छ।

यता प्रदर्शनकारीहरूले पुलिसको वाहन तोडफोड गरेका छन् भने पुलिस जवानहरू घाइते बनेका छन्। अनेकौ प्रदर्शनकारी घाइते बनेका छन्।

जतिखेर पुलिसले लगाएको व्यारिकेड प्रदर्शनकारीहरूले तोड्न खोजे त्यतिखेर दुइ कार्यकर्तालाई पुलिसले पक्राउ गरेको थियो। प्रदर्शनकारीहरूले उनीहरूलाई मुक्त गर्नेमागमा व्यापक नाराबाजी गरिरहेका थिए, यत्तिकैमा पुलिस अनि प्रदर्शनकारीबीच झडप भयो।

पुलिसले यही मौकामा जताभावी गोली चलाए। यसैबीच अजय र सोनामलाई गोली लाग्यो। गोली लागेर घाइते हुनेहरू अझ चारजना छन्, तर उनीहरू को को हुन र उनीहरूको अवस्था कस्तो छ भन्ने कुरा अझसम्म खुलेको छैन। सामान्य घाइते हुनेहरूको संख्या अनगन्ती रहेको थाहा लागेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया