अनशनस्थलमा डा. छेत्रीः भने, जीएमसीसीले राम्रो कार्यक्रम बनाउन्

कालेबुङः जन आन्दोलन पार्टी अध्यक्ष डा. हर्कबहादुर छेत्रीले आज कालेबुङको डम्बर चोकमा आमरण अनसनमा बसेका अनसनकारीहरूसित भेट गरे। अनसनकारीहरूले गोर्खाल्याण्डको निम्ति दिइरहेको त्यागको सम्मान गर्दै छेत्रीले तीनैजना अनसनकारीहरू अजित रोका, राजु विश्वकर्मा अनि सागर दियालीलाई खदार्पण गरे। अनसनकारीहरूको अवस्थालाई विचारेर छेत्रीले त्यहाँ बेसी समय व्यतित गरेनन् केवल खदार्पण गरेर उनी त्यहाँबाट प्रस्थान गरे।

एकातिर अनसनकारीहरूको बिग्रदो अवस्था अनि अर्कोतिर राज्य सरकार उनीहरूलाई कसरी उठाउँ भन्ने मौका हेरेर बसिरहेको कारण यस अवस्थामा गोर्खाल्याण्ड कोअर्डिनेसन कमिटीले नै उचित पदक्षेप लिएर दिल्लीमा यथाशीघ्र दबाउ दिनुपर्ने स्थिति रहेको उनले बताएका छन्।

उनले यसै विषयलाई लिएर भने-“सरकार जिल्ला शासकको कार्यालय मार्फत कसरी अनसनकारीहरूलाई उठाउँ भन्ने कोशिशमा छ यत्तिबेलाको स्थितिमा चाँडोभन्दा चाँडो दिल्लीमा दबाउ बनाउनु सक्नुपर्छ”, उनले अझ भने, “दिल्लीमा चाँडै नै दबाउ बनाउन नसके यो आन्दोलनको तर्क सङ्गत निष्कर्ष निकाल्न सकिनन्न यसर्थ जीएमसीसीको आगामी बैठकमा यी कुराहरूमा ठोष निर्णय हुने कुरामा आशावादी छौं।”

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया