जयगाउँमा लाठीचार्जः अनेकौं आन्दोलनकारी घाइते

डुवर्सः हिजो सुकना रणमैदानमा परिणत भएको थियो, जहाँ अनेकौं आन्दोलनकारीहरू पुलिसको गोलीले घाइते बनेका थिए।

आज डुवर्सको जयगाउँमा पनि छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति ऱ्याली निकालिएको थियो। गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले आज ग्लोबल मार्चको आह्वान गरेको थियो।

ऱ्यालीलाई रोक्न बङ्गाल पुलिसले आन्दोलनकारीहरूमाथि अश्रुग्यास प्रयोग गऱ्यो। यद्धपि प्रदर्शनकारीहरूले ऱ्याली जारी राख्दा पुलिसले लाठीचार्ज गऱ्यो। यसबीच धेरै प्रदर्शनकारीहरू पुलिसको लाठीप्रहारले घाइते बनेका छन्।

यता सिलगढीको विभिन्न ठाउँमा आन्दोलनकारीको प्रदर्शनी रोख्न पुलिसले 144 धारा लागू गरेको छ। खोलाचन्द फाफरी, सालुगढामा 144 धारा लागू गरेको बताइएको छ।

जयगाउँमा उस्तो ठूलो दुर्घटना भने भएको छैन। अहिलेसम्म पनि पुलिस र प्रदर्शनकारीहरूबीचको झडप जारी छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया