जयगाउँ फाइरिङमा चञ्चल शर्मालाई लाग्यो रबर गोलीः अनेकौं घाइते

विज्ञापन

नक्सलबारीको तनाउ
जयगाउँको तनाउ

  कालेबुङः जयगाउँ, नक्सलबारी अनि सुकना आज पनि तनाउपूर्ण बन्यो। गोर्खाल्याण्डको निम्ति जयगाउँ र नक्सलबारीमा निकालिएको ग्लोबल मार्चमा पानी र अश्रुग्यास छोडेर पुलिसले प्रदर्शनकारीहरूलाई रोक्न कोशिश गर्दा स्थिति तनाउपूर्ण बनेको हो।

सुकनामा स्थिति केही साम्य बनेको छ। स्थानीय नेता र पुलिसमाझ भएको बैठकमा आक्रोशित प्रदर्शनकारीहरूलाई नियन्त्रण गरिने सम्झौता भएको पनि बताइएको छ। यसै कारण सुकनामा अहिले तनाउ छैन।

यता जयगाउँको गोपीमोहन रोडमा पुलिसले गरेको रबर फाइरिङमा  चञ्चल शर्मा नामक प्रदर्शनकारी घाइते बनेका छन्। उनलाई छातीमा रबरगोली लागेको छ। उनलाई सिलगढी अस्पताल लगिएको बताइएको छ।

यता आज विश्वभरिका एक करोड गोर्खाहरू गोर्खाल्याण्डको निम्ति सडक ओर्लिए। बन्दना राईले जनाए अनुसार विश्वको 50 वटा देशको 120 ठाउँमा ग्लोबल ऱ्याली निकालियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया