विभिन्न ठाउँमा ग्लोबल गोर्खा एकता ऱ्याली सफलः यो त पहिलो खुड्किलो मात्र हो-बन्दना राई

विज्ञापन

दिल्लीः अमेरिकाका मनिश छेत्री अनि दिल्लीका बानिरा खातीले सोचे, छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति विश्वका नेपालीलाई कसरी एकिकृत गर्न सकिन्छ? यही प्रश्नले जन्माएको थियो आजको ग्लोबल गोर्खा एकता ऱ्याली।  पाँचवटा महादेश, 50 वटा देश अनि अनेकौं राज्यमा आज गोर्खाहरूले ग्लोबल गोर्खा एकता ऱ्याली निकाले। भारतको विभिन्न राज्यहरूमा अझ धेर ऱ्याली निस्कियो। गाउँगाउँमा पनि निस्कियो।

ग्लोबल गोर्खा एकता ऱ्यालीलाई संयोजना गर्न खटिएकी दिल्लीकी बन्दना राईले खबरम्यागजिनसित भनिन्, ‘यो त पहिलो खुड्किलो मात्र हो, अझ गणतान्त्रिकरूपका कार्यक्रमहरू गर्ने छौँ।’

उनले युवा पुस्ताबाट सक्षम नेतृत्वको आशा गरेको पनि बताइन्। ‘आन्दोलनलाई युवावर्गले नै नेतृत्व गर्नुपर्छ,’ उनले भनिन्, ‘नेतृत्व क्षमता भेका युवाहरू अघि आउनुपर्छ।’

चेन्नईः चेन्नईमा पनि ऱ्याली निस्कियो। रुक्मणी लक्ष्मी पी रोडमा निकालिएको ऱ्यालीमा लगभग 3500 गोर्खाहरूको उपस्थिति थियो। उनीहरूले प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा बङ्गाल सरकारले मानवाधिकारको हनन गरेकोमा विरोध प्रकट पनि गरे।  पारम्परिक वेशभुषामा निकालिएको ऱ्याली सफल भएको आयोजक पक्षले बताएको छ।

खरसाङः खरसाङमा पनि ग्लोबल गोर्खा एकता ऱ्याली निकालियो। ऱ्यालीपछि मोटर स्ट्याण्डमा भएको पथसभालाई सम्बोधन गर्दै विद्धार्थी मोर्चा खरसाङको सभापति सोनाम लामाले गोर्खाल्याण्डको निम्ति आज दार्जिलिङबाट गोर्खाल्याण्ड ग्लोबल मार्च गर्दै खरसाङ आइपुगेको बताए। सुकनाको घटनामा पुलिसले गोली चलाउनु अगणतान्त्रिक रहेको पनि उनले बताए।  कमल खवासले पनि जनताको शक्तिले नै विश्वको राजनीतिमा परिवर्तन ल्याएको बताउँदै मुद्दा बेच्यो भन्दैमा जनताले हरेश खानु नहुने बताए।  पथसभालाई विद्यार्थीहरुले पनि सम्बोधन गरेका थिए।

रिम्बिकः रिम्बिकमा पनि ग्लोबल गोर्खा एकता ऱ्याली निस्कियो। अर्कोतिर गोर्खा जनमुक्ति युवा मोर्चा रिम्बिक लोधोमा समष्टिले खुकुरी ऱ्याली निकालेको थियो। युवा मोर्चा केन्द्रिय सदस्य नरेन्द्र काम्बाङ, युवा मोर्चा सभापति गणेश छेत्री टासी शेर्पा, समष्टि प्रवक्ता जीवन लेप्चा लगायतले युवाहरुलाई सम्बोधन गरे।

सिप्सुः मोर्चाको व्यानरमा ग्लोबल यूनीट फर गोर्खाल्याण्डको समर्थनमा निकालिएको जुलुसमा आदिवासी समुदायका मानिसहरुले सहभागिता जनाएका थिए। मोर्चा केन्द्रीय कमिटीका नेता शिव सुनवारले आन्दोलनकारीहरूलाई बह्गाल पुलिसले गोली चलाएकोमा विरोध प्रकट गरे। विश्वमा कुनै पनि घटना हुँदा ट्वीट गर्ने प्रधानमन्त्री मोदीले गोर्खाल्याण्डलाई लिएर कुनै मन्तव्य नगर्नु एक दुःखजनक घटना रहेको पनि मोर्चा नेताहरुले आरोप लगाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया