खरसाङका अनशनकारीको स्वास्थ्य चिन्ताजनक

खरसाङः खरसाङका तीनजना अनशनकारीहरूको स्वास्थ्य सम्बन्धी समस्या देखिन थालेको छ। आइतबार दिउँसो डाक्टरले जाँच गर्दा पूर्व सभासद एंव युवा मोर्चा खरसाङ महकुमाका साङ्गठनिक सचिव अनोश थापाको बीपी ९०/६०, श्रेया राईको बीपी १००/६० अनि नोएल खवासको बीपी ११०/७० रहेको थियो।

अहिले तीनैजनालाई प्रेसर र ड्रिहाइड्रेशनले सताईरहेको बताइएको छ तर पनि अनशनकारीहरुले कुनै डाक्टरी चिकित्सा लिन भने अस्वीकार गरेका छन्। अनशनकारीहरुले जबसम्म केन्द्रबाट गोर्खाल्याण्डको निम्ति ठीक पहल हुँदैन तबसम्म अनशन जारी रहने बताएका छन्। आज दिउँसो अनशनकारीहरुलाई भेट्न खरसाङका विधायक डा० रोहित शर्मा अनशन स्थल आएका थिए। तिनले तीनैजनाको स्वास्थ्य सम्बन्धी जानकारी लिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन