गोर्खाल्यान्डबारे जनचेतना बाँड्दै कलाकारहरू

विज्ञापन

सञ्जय निरौलाः बिजनबारी: बिजनबारी क्षेत्रभरिका विभिन्न तहका कलाकारहरुले गोर्खाल्यान्डको आन्दोलनलाई थप टेवा पुऱ्याउने तथा स्थानीय तहमा जनचेतना फैलाउने “अभियान” नामक समूहले दुई दिवसीय साँस्कृतिक कार्यक्रम हिजो पुलबजार र आज बिजनबारी बजारमा स्थानीय विभिन्न संघ सस्थाको प्रतिनिधित्व र स्थानीय जनसमुदायको बाक्लो उपस्थितमा गऱ्यो।

कार्यक्रममा सडक कविता सडक नाटक तथा विभिन्न पुराना तथा नयाँ जातीय गीतहरुको प्रस्तुति रहेको थियो। स्थानीय कवि बिकास बिस्मित तथा अरुण सुब्बा संयुक्त संयोजक रहेको दलमा महिला पुरुष गरेर लगभग ३० जनाको टोली रहेको छ, जसमा कवि गायक सन्चारकर्मी तथा कलाकार प्रमुख रूपमा रहेका छन्।

आफुहरुको मुख्य उद्देश्य जनसाधरणमा कलाको माध्यमद्वारा गोर्खाल्यान्डबारे जनचेतना पुऱ्याउनु तथा स्थानीय कलाकारहरुलाई प्रोत्साहन गराउनु रहेको बिस्मितले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया