केन्द्र-गोजमुमोमाझको सम्भावित सम्झौता : अभागोलीको प्रतिरोध-पत्र गृहमन्त्रीलाईः भन्यो-गोर्खाल्याण्ड मुद्दाको कुनै वैकल्पिक व्यवस्थामाथि सम्झौता गर्ने हक गोजमुमोसँग छैन

विज्ञापन

कालेबुङः अखिल भारतीय गोर्खा लीग (अभागोली)-ले केन्द्रिय गृह मन्त्री राजनाथ सिंहलाई एउटा पत्र लेखेर गोर्खा जन मुक्ति मोर्चा (गोजमुमो) नेतृत्व एवम् भारत सरकारमाझ हुन लागेको सम्झौतामाथि विरोधिता जनाएको छ।

संवाद माध्यममा प्रेषित पत्रको प्रतिअनुसार, केन्द्र सरकार र गोजमुमोमाझ हुन लागेको सम्भावित चुक्तिप्रति गोर्खा जनताको सहमति नरहेको स्पष्ट रूपमा पत्रको थालनीमै जनाइएको छ।

अभागोली केन्द्रिय समितिको योजक सचिव सुदर्शन राईले लेखेको पत्रमा उठाइएका विषयहरू यसप्रकार छन् – गोर्खाल्याण्ड मुद्दाको कुनै वैकल्पिक व्यवस्थामाथि सम्झौता गर्ने हक गोजमुमोसँग छैन। राज्य निर्माणको अभियानको निम्ति गोर्खाल्याण्ड मूभमेन्ट को-अर्डिनेशन कमिटी बनिएको छ। अगावै गोजमुमो र सरकारमाझ विकल्पबारे भएको सम्झौतासँग जनता एकमत छैन।

पत्रमा अझ भनिएको छ, गोजमुमोले केन्द्र सरकारसँग सिद्धान्ततः सम्झौता गरिसकेको भए पनि गोर्खाल्याण्डदेखि बाहिर कुनै पनि किसिमको सम्झौतालाई जनताले मान्ने छैन। यदि त्यो सम्झौता थोपिएछ भने जनता गोर्खाल्याण्ड प्राप्त नभइञ्जेल आन्दोलनरत रहिरहनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया