ममता व्यानर्जी उत्तरबङ्गाल भ्रमणमाः फेरिन् बस्ने ठाउँ

सिलगढीः सधैँ मुख्यमन्त्री ममता व्यानर्जी उत्तरबङ्गाल आउँदा सुकनाको अतिथिगृहमा बस्थिन्, यसैपल्ट उनले बस्ने ठाउँ फेरेकी छन्।

केही दिन अघि सुकनामा गोर्खाल्याण्डपन्थी प्रदर्शनकारी र पुलिसबीच भीडन्त भएको थियो, जसमा पुलिस र प्रदर्शनकारी दुवै घाइते बनेका थिए। त्यसको ठीक तीनदिनपछि राज्यकी मुख्यमन्त्री व्यानर्जी उत्तर बङ्गाल आइरहेकी छन्, तर सुरक्षाको हिसाबले अनि गोर्खाल्याण्डपन्थीहरूले गरिरहेको आन्दोलनको कारण पनि यसपल्ट उनी सुकना बस्दिनन्।

बाघडुघ्राबाट व्यानर्जी सोझै फुलबारी उच्चकन्यास्थिति अतिथि गृह जानेछिन्। यसपल्ट उनको बस्ने ठेगाना त्यही हो। मङ्गलबार उतर दिनाजपुरको चोपडामा तृणमूल काङ्ग्रेसको जनसभा छ, त्यहाँ जानेछिन् अनि सरकारी अनुदान गुच्छको घोषणा गर्नेछिन्।

त्यसपछि मुख्यमन्त्रीले सोनापुरमा प्रशासनिक बैठक गर्नेछिन्। जसमा तराईँ सर्न थालेको गोर्खाल्याण्ड कार्यक्रमहरूबारे पनि कुरा उठ्नसक्नेछ।

आज सिलगढी आइपुगेकी मुख्यमन्त्री बुधबार  कोलकत्ता फर्किनेछिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया