सीके श्रेष्ठको टोलीले भेटे भाजपा सांसदः गोर्खाल्याण्ड माग जायज छ-सांसद मुरली मनोहर

Girl in a jacket

दिल्लीः गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटीसित संलग्न रहेको विचार भारती मञ्चले पनि दिल्लीमा विभिन्न दल अनि सांसदहरूसित भेट्ने काम शुरु गरेको छ।

मञ्चका तीन सदस्यीय टोलीले आज भाजपा सांसद मुरली मनोहर जोशीसित उनकै निवासमा भेट गऱ्यो। मञ्चका प्रमुख सीके श्रेष्ठ, प्रचार प्रसार सचिव नरेन्द्र तामाङ अनि अमीर सुन्दासको टोलीले जोशीसित छुट्टै राज्य गोर्खाल्याण्डबारे कुराकानी गरे। ‘गोर्खाहरूको पहिचानको सन्दर्भ जोड्दै श्रेष्ठले चलिरहेको आन्दोलनबारे कुरा राखेका थिए,’ प्रचारप्रसार सचिव नरेन्द्र तामाङले खबरम्यागजिनसित भने, ‘जोशीले आफूलाई मुद्दाबारे थाहा रहेको अनि यो माग जायज रहेको भन्दै मुद्दाप्रति आफ्नो सहानुभूति प्रकट गरे।’

अर्कोतिर टोलीले राष्ट्रीय किसान सभाको उपाध्यक्ष नरेश सिरोहीसित पनि भेट गरेको छ। उनलाई पनि गोर्खाल्याण्डको औचित्य, आवश्यकता र दार्जीलिङको स्थितिबारे अवगत गराएको तामाङले बताएका छन्।

मञ्चका प्रतिनिधिहरूले आज सिक्किमका सांसद पीडी राईसित पनि भेटेर चलिरहेको आन्दोलनबारे समीक्षा गरे। राईले आफूहरूलाई आफूले सक्नेजति सबै काम गरिरहेको अनि अझ गरिरहने प्रतिश्रुति दिएको पनि तामाङले जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया