भारतको प्रतिनिधित्व गर्दै गोर्खा युवा अभिषेक व्रिक्स शिखरसम्मेलनमा

विज्ञापन

सञ्जय निरौला

दार्जीलिङः अभिषेक शर्मा (तिमसिना)-चीनको राजधानी बेजिङमा सम्पन्न व्रिक्स (BRICS) शिखर सम्मेलनमा भाग लिएर फर्किएका छन्। २७ बर्ष अघि सुकियापोखरी खण्ड अन्तरगत पर्ने  पुलुङदुङ गाउँमा पिता सुशील शर्मा तथा माता कमला शर्माको कोखबाट जन्मिएका शर्मा राजनीति शास्त्रमा दार्जीलिङ सरकारी महाविद्यालयबाट  स्नातक हुन। सानैदेखि बोल्नमा अब्बल शर्मा भारतलाई प्रतिनिधित्व गर्दै व्रिक्स शिखरसम्मेलनमा पुग्ने पहिलो गोर्खा हुन्।

२४ जुलाई देखि २८ जुलाईसम्म व्रिक्स (BRICS)  देशहरूको शिखरसम्मेलनमा युवा तथा वैदेशिक मन्त्रालयको पहलमा उनी सर्वभारतीय १० जनाको युवावरल्गको दलमा परेका थिए। सम्मेलनमा सरकारमा युवाहरूको भुमिकाबारे उनले बोलेका थिए। मुख्य रूपमा सदस्यीय देशहरूका साँस्कृतिक पारम्परिक तथा अर्थनैतिक सम्बन्धलाई एक अर्कामा आदानप्रदान गर्नु सम्मेलन गरिने उनले बताएका छन्।

भारत, चीन, ब्राजिल, रसिया, तथा दक्षिण अफ्रिकाका लगभग ६० जना युवाहरूले सरकारमा युवाहरूको भुमिकाबारे चीनमा बोलेका थिए। यस्तो उच्चस्थ कार्यक्रममा सहभागी हुन पाएकोमा आफूलाई खुशी लागेको शर्माले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया