बन विभागको बङ्गलो स्वाहा

विज्ञापन

रिम्बिकः पहाडको विभिन्न सरकारी सम्पत्तिहरूको बिनास गर्ने क्रम थामिएको छैन। रिम्बिक फारस अन्तर्गत जरायो टार नजिको बन विभागको आवासगृह (बङ्गलो) हिजो मध्यराती जलेर खरानी भएको छ।

राती ११ बजेतिर आगो उठेको स्थानीयहरूको भनाइ रहेको छ भने आफूहरूले थाहा पाउँदासम्म आगो पूर्णतय फैलिसकेको पनि उनीहरूको भनाइ थियो।

यसभन्दा अघि पनि यसमा आगो लगाउने कोशिश भएको तर सफल नभएको बताउँदै यसपटक मध्यराती भएकोले आफूहरूको केही सीप नचलेको र बङ्गलो बचाउन नसकिएको पनि उनीहरूले बताए।

बङ्गलोमा कसले आगो झोस्यो, थाहा लागेको छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया