सुकनामा नारी रिले अनशन शुरू

सुकनाः शनिवार सुकनाको जुन ठाँउ पुलिस र जनतामाझको रणक्षेत्रमा परिवर्तन भएको हो, त्यही ठाँउ अहिले गोर्खाल्याण्डको निम्ति शान्त अनशन आन्दोलनस्थल भएको छ। अस्थिर रहे पनि सुकना अहिले शान्त छ।

घरि झाड़ु रेडको हल्लाले सुनसान सुकना अहिले बिस्तार सामान्य बन्दैछ। मानिसहरू साँझ र राति घरबाट ननिस्किए पनि दिनमा निस्कन थालेक छन्। अटोहरू सुकना – सिलगढ़ी सिमाना रङटङ पुलअघिबाट चल्दैछन्।

सुकनाको कप्तान रामसिंह ठकुरी चौकछेउ कुनै राजनैतिक पार्टीको ब्यानर नराखी नौजना महिला आन्दोलनकारीहरूले आजदेखि रिले अनशन थालेका छन् । अनसन टोलीमा यस क्षेत्रकी राजनैतिक व्यक्तित्व छिरिङ दाहाल पनि छन्। केन्द्र सरकारमाथि वार्ताको निम्ति चाप बढ़ाउन नै यो अनसन गरिएको पोस्टरमार्फत् थाहा लाग्दछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन