केन्द्र सरकार र राज्य सरकार दुवै गोर्खाल्याण्डको समस्यालाई समाधान गर्न विफल- माकपा

सिलगढीः एकातिर चोपड़ाको कालागछमा राज्यकी मुख्यमन्त्रीको पब्लिक डिस्ट्रिब्युशन सिस्टममाथि जनसभा शुरू हुन लागेको छ भने अर्कोतिर माकपा हेभिवेट नेता एवम् सिलगढ़ीका मेयर अशोक भट्टाचार्यले एउटा संवाददाता सम्मेलन डाकेर राज्यकी मुख्यमन्त्रीविरूद्ध गोर्खाल्याण्ड लिएर कटाक्ष गरेका छन्।

“न त आन्दोलनकारीहरूको आगलागीद्वारा, न नै सरकारी दमन नीतिद्वारा पहाड़को समस्या सुल्झने हो,” माकपा नेता भट्टाचार्यले भने, “केन्द्र सरकार र राज्य सरकार दुवै गोर्खाल्याण्डको समस्यालाई समाधान गर्न विफल छन्।”

दार्जीलिङका जनतालाई फाइरिङ गरेर समस्या अझ बढ़्ने पनि उनको ठहर छ।

दार्जीलिङको समस्या समाधान गर्न शीघ्र त्रिपक्षीय वार्ता बोलाइनु पर्दछ भनी भट्टाचार्यले योपालिसँग तेस्रो चोटि भनिसकेका हुन्।

एकातिर केन्द्रीय मन्त्री एवम् दार्जीलसिङे सांसद एसएस आहलुवालिया पहाड़ जलिरहेको हुँदा ‘अहिलेसम्म पनि नढिम्किनु अनि अर्कोतिर राज्यकी मुख्यमन्त्रीको दिल्ली यात्राको अवधि प्रधानमन्त्रीसमक्ष समस्याबारे कुरै राखेकी छैनन्। राज्य र केन्द्रको यही उपेक्षित मनोभावले गर्दा नै पहाड़ सल्किरहेको हो,’ उनले भने, ‘हामी पहाड़े सम्पत्तिहरू जलाइने क्रियाकलापको विरोध गर्छौँ तर जनतामाथि गरिएको पाइरिङको पनि विरोधै गर्छौँ, भट्टाचार्यले भने। यसरी समस्याको समाधान हुँदैन, बरू समस्या गहिरिन्छ। दार्जीलिङको समस्याको मुहान अलग राज्य होइन तर अविकास हो। हामी पहाड़को सत्ता सम्हाल्ने पक्षलाई पूरै पावर दिइएको चाहन्छौँ, ताकि पहाड़मा विकास फलोस् फुलोस्।”

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन