नारीहरूले ‘ब्रा’-फ्याँकेर गरे सरकारको विरोध

कालेबुङः उसै त ‘ब्रा’-नारीहरूको स्तन ढाक्नमा प्रयोग हुने एउटा लुगा मात्र हो। तर ‘ब्रा’-को प्रयोग आन्दोलनमा पनि भयो भन्ने सुन्दा अच्चमै लाग्नैसक्छ। नारीहरूको संवेदनशिल अङ्ग ढाक्ने ‘ब्रा’-को प्रयोग गोर्खाल्याण्ड आन्दोलनमा पहिलोपटक भएको छ।

कहिलकाहीँ नारी हिँसा, बलत्कार जस्ता घटनाहरूमा ब्रा, अन्डरगार्मेन्टसहरू देखाइएका घटनाहरू अघि आउनेगर्छ।मणिपुरमा एकचोटी भारतीय सेनाका एक जवानले बलत्कार गरेको घटना अघि आएको थियो। घटनाको प्रतिवादमा त्यहाँका नारीहरूको विरोध गर्ने तरिका भयानक थियो। त्यहाँका नारीहरूद्वारा ‘आउ हामीलाई पनि बलात्कार गर’-भन्दै पूर्ण रूपमा नाङ्गो भएर भारतीय सेनाको विरोध गरिएको थियो। नारीहरू त्यसरी नाङ्गिएर गरेको त्यो विरोधको तरिकाले विश्वव्यापी रूपमा हाइलाइट पायो।

गणतन्त्रमा अहिंसात्मक रूपमा विरोध गर्ने अनेकौँ तरिकाहरू छन्। जसमध्ये नारी हिंशा, यौन शोषण जस्ता घटनाहरू हुँदा ब्रा, अन्डरगार्मेन्ट्स देखाउने अथवा नाङ्गिएर विरोध गर्ने तरिकाहरू देखिएको छ। तर आज पहिलोपल्ट अलग राज्यको मागमा नारीहरूले ‘ब्रा’-देखाएर सरकारको विरोध जनाएका छन्।

आज दिउँसो कालेबुङ जिल्लापाल कार्यालयअघि सैयौँ नारी-युवा आन्दोलनकारीहरूले नाराबाजी गरिरहेका थिए। पुलिसले ब्यारिकेट लगाएर आन्दोलनकारीहरूलाई अघि बढ्नमा रोक लगाइरहेको थियो। यसैबीच भीडबाट केही नारीहरूले अचानक पुलिसको भीडतिर ‘ब्रा’-फ्याँकिदिँदा एकाएक सबै अवाक् बने।

गोर्खाल्याण्डको मागमा अनिश्तिकालीन बन्द भएको 48 दिन औँ दिनसम्म पनि न्याय नपाएको भन्दै आन्दलोनकारी नारीहरूले सरकारको प्रतिवादस्वरूप ‘ब्रा’-प्याँकेर विरोध जनाएका हुन्।

उनीहरूअनुसार आमरण अशसन बसेका अनसशनकारीहरूको अवस्था संवेदनशील बनिसक्दा पनि प्रशासनले असंवेदनशील व्यवहार गरेको कारण नै नारीहरूले संवेदनशील अङ्ग बस्त्र फ्याँकेर उक्त विरोध जनाएका हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन