महावृष्टिको पूर्वाभाष : सावधान उत्तर बङ्गाल – सिक्किम!

सिलगढीः बङ्गोपसागरीय चाप उत्तरतिर सर्दै आएको कारण उत्तर बङ्गाल – सिक्किमको उपहिमालय क्षेत्रले आउँदो तीन दिन प्रकृतिको कड़ा आक्रोश सहनु पर्ने सम्भावना चुलिएको मौसम विशेषज्ञहरूले जनाएका छन्।

उत्तर बङ्गालका विभिन्न गाँउहरू पानीमय भएको बेला यो पूर्वानुमान गरिएको छ। जलपाइगढ़ीको मूर्तिमा बितेको रात नै २७० मिमि वृष्टिपात रेकर्ड गरिएको छ। यो साल कालेबुङमा उतर बङ्गालभरिकै सबैभन्दा बढ़ी वृष्टिपात रेकर्ड गरिएको छ। सामान्यभन्दा ३,००० मिमि बढ़ी ३,४३० मिमि वर्षा कालेबुङमा यो साल दर्ता भएको छ।

भारतीय मौसम विभाग स्रोतहरूबाट आएको जानकारीअनुसार दार्जीलिङ, जलपाइगढ़ी, कोचबिहार जिल्लाहरू एवम् सिक्किमका ७५ प्रतिशतभन्दा बढ़ी हिस्सामा मुसलधारे पानी पर्न सक्नेछ।

अर्कोतिर, भारी वृष्टिको कारण उत्तर बङ्गाल र सिक्किमका नदीहरूको जलस्तरमा पनि अनपेक्षित वृद्धि रेकर्ड गरिँदैछ। टिस्टा ह्वात्त बढ़िसकेको छ। मौसम विभागअनुसार, टिस्टोक जलस्तर सामान्य भन्दा माथि ‘डेन्जर लेभल’-मा उकासिइसकेको छ।

जलढक्का, महानन्दा, आत्रेयी, पूनर्भवा, टाङ्गनस कुलिक नदीहरू बौलाहा भएर बगिरहेका छन्। दोमोहनीमा नर्थ बेङ्गल फ्लड कन्ट्रोल कमिशनले रेड अलर्ट घोषणा गरिसकेको छ।

सरकारलाई सतर्कता सूचना सम्बन्धित विभागले दिइसकेको छ।
पहाड़मा निर्माण भइरहेका बहुतल्ले भवनहरूको कारण र बढ़्दो वनविनाशको कारण यो खाले वृष्टिपात भए ठूलै क्षयक्षति हुने आकलन गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares