भुइँचालो ‘डेञ्जर जोन’-मा सिक्किम-दार्जीलिङ

An earthquake survivor walks past a government building damaged in Sunday's 6.9-magnitude earthquake in Chungthang, India, Wednesday, Sept. 21, 2011. Soldiers in northeastern India cleared a path Wednesday to a hydroelectric project where many were confirmed killed by landslides in a powerful Himalayan earthquake, increasing the overall toll in the disaster. (AP Photo/Altaf Qadri)

खबरम्यागजिन डेस्क


भुइँचालो दुःस्वप्न

सिक्किम-दार्जीलिङले अझ १८ सेप्टेम्बर, सन् २०११-को भुइँचालो आतङ्क भुलेको छैन। दुःस्वप्नमय दिन र रात काट्ने पहाड़वासीहरूको यस्ता हल्लिरहेको समय फेरि फेरि पनि पुनरावृत्त भइरहन सक्ने आशङ्का भर्खरै सरकारी आँकड़ाले प्रकट गराउँदछ।

नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस)-ले भर्खरै भुइँचालो प्रवण इलाकाहरूको ताजा सूची निकालेको छ, जसमा उत्तर बङ्गाल र सिक्किम ‘संवेदनशील’ र ‘अतिसंवेदनशील’ भुइँचालो प्रवण (सिस्मिक) दर्जामा श्रेणीबद्ध भएका छन्।

दीर्घम्यादी सर्वेक्षणपश्चात् प्रकाशित रिपोर्टमा देशभरि मोठ २९ साना-ठूला इलाकालाई खतरा दर्जामा दर्ता गरिएको छ।

विशेषज्ञहरूले जनाएअनुसार, भारतको समग्र हिमालय र उप-हिमालय क्षेत्र नै भुइँचालो सम्भावित क्षेत्र हुन्। विश्वकै भुइँचालो सक्रिय क्षेत्रमा पर्ने भारतीय हिमालय वलयअन्तर्गत गान्तोक, गुवाहाटी, इम्फाल, कोहिमा, पटना, श्रीनगर, दिल्ली, पोण्डिचेरी, देहरादुन, चण्डीगढ़ चौथो र पाँचौँ सिस्मिक जोनमा परेका छन्। यी इलाकाहरूको मोठ जनसङ्ख्या ३ करोड़भन्दा माथि छ।

एनसीएसको पक्षमा एनसीएस निदेशक विनीत गौहलातले जारी गरेको बयानमा भनिएको छ, बिउरो अफ इण्डियन स्ट्याण्डर्ड्स-ले भारतका धेरै इलाका सिस्मिक जोन २ –देखि ५-मा पारेको छ। यो रिपोर्ट विगतका भुइँचालो रेकर्ड, टेक्टोनिक प्लेटको गति, भुइँचालोजन्य क्षयक्षतिको आधारमा तयार गरिएको हो। यो अध्ययन गर्दा ‘सिस्मिक माइक्रोजोनेशन’ शैलीलाई प्रयोग गरिएको छ, जसले भुइँचालो प्रवण क्षेत्रलाई साना साना इलाकामा बाँड़ेर घनीभूत निरीक्षण गर्दछ।
जोन २ सिस्मिक गतिविधिको सबैभन्दा ‘तल्लो’ दर्जा हो भने जोन ५ सबैभन्दा सक्रिय ‘उपल्लो’ दर्जा। जोन ४ र ५ क्रमैले ‘संवेदनशील’ र ‘अति संवेदनशील’ दर्जा हुन्। पश्चिम बङ्गालको केही अंश (उत्तर बङ्गाल), सिक्किम, जम्मू र कश्मीर, दिल्ली, उत्तरी उत्तर प्रदेश, गुजरात र महाराष्ट्रको सानो अंश यही संवेदनशील जोन ४-मा परेका छन्।

 

जल्दो चिन्ता

हिमालको काखमै बसेको सिक्किममा १८ सेप्टेम्बर, सन् २०११-मा आएको ६.९ रिक्टर मात्राको विनाशकारी भुइँचालोले १११ मानिसको ज्यान लिएको थियो। कैयौँ घरबार नष्ट भए। यो भुइँचालो २०११ हिमालयन अर्थक्वेक नामले प्रसिद्ध छ। यो भुइँचालोको लहर नेपाल, बङ्गलादेश, भोटाङसम्म पुगेको थियो। लगभग वर्षदिनसम्म पनि त्यसको प्रतिकम्पहरू आइबसेका थिए। भुइँचालोका कारण ठाँउ ठाँउ पैह्रो पनि चलेको थियो। सन् १८००-अघिको रेकर्ड नभए पनि यसपछिको रेकर्डले सिक्किम भुइँचालो आइरहने संवेदनशील क्षेत्रको रूपमा चिह्नित गरेको छ।

 

दार्जीलिङसिक्किम : भुइँचालो आइरहनुका कारण

  • भौगोलिक अवस्थान
  • मानवजन्य सक्रियता (एन्थ्रोपोलिजकल इन्टरफियरेन्स)
  • बाँध

सिक्किमको भुइँचालो सक्रियताको मुख्य कारण युरेशियन टेक्टोनिक प्लेट र इण्डियन टेक्टोनिक प्लेटमाझको नियमित घर्षण हो।

यो हिमालय क्षेत्रमा मुख्यतः तीन भुइँचापहरूले काम गरेका छन् – मेन बाउण्ड्री थ्रस्ट, मेन सेण्ट्रल थ्रस्ट, हिमालयन फ्रण्टल थ्रस्ट।

यी भौगोलिक चापलाई बढ़्दो जनसङ्ख्या र बढ़्दो बिल्डिङको सङ्ख्या अनि बढ़्दो बाँधहरूले अझ बढ़ाउन मद्दत गरेका छन्। निकट भविष्यमा अतीतलाई बल्झाउने गरी अझ महाभुइँचालोले सिक्किमलाई अपठ्यारोमा पार्ने ठूलै सम्भावना छ। समयमै प्रकृतिमाथि बढ़्दो मानव हस्तक्षेपमा लगाम लगाउन नसकिए भुइँचालोको क्रमिकता र प्रभाव अझ बढ़ेर जाने निश्चित छ।

 

सिक्किमदार्जीलिङ क्षेत्र : मुख्य भुइँचालोहरू

दार्जीलिङ

१० अगस्त, सन् १८४३ – दर्जा ७

२७ फरवरी, सन् १८४९ – दर्जा ७

१५ जनवरी, सन् १९३४- ८ रि. – बिहार, नेपालमा १०,५०० मृत्यु

मई, सन् १८५२ – दर्जा ९

२९ मार्च, ,न् १८६३ – दर्जा ७

९ अगस्त, सन् १८६९ – दर्जा ७

सिक्किम

१२ जनवरी, सन् १९६५ – ६.१ रि. –

१९ नोभेम्बर, सन् १९८०- ६.१ रि. -८ घाइते

२१ अगस्ट, सन् १९८८ –  ६.८ रि. – नेपाल-भारत सीमामा ९०० मृत्यु
१४ फरवरी, सन् २००६ – ५.३ रि. –
१८ मई, सन् २००७ – ४.६ रि. –
२० मई, सन् २००७ – ५ रि.
१८ सेप्टेम्बर, सन् २०११ – ६.९ रिक्टर – १११ मृत्यु

के गर्छ एनसीएसले ?

एनसीएस भारतीय पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गत संस्था हो जसले सिस्मिक माइक्रोजोनेशनको काम गर्दछ। यसले भुइँचालो सम्बन्धी अध्ययन र सर्वेक्षणको काम गर्दछ।

 

सिस्मिक जोन के हो?

जोन २ – कम भुइँचालो क्षमता क्षेत्र – जोन, ३, ४ र ५ बाहेकका क्षेत्र

जोन ३ – माध्यमिक भुइँचालो क्षमता क्षेत्र – केरल, गोवा, लक्ष्यद्वीप, गुजरात, पश्चिम बङ्गाल, पञ्जाब, राजस्थान, बिहार, झारखण्ड, छत्तीसगढ़, उड़िस्सा, आन्ध्र, तमिलनाडुKerala, Goa,

जोन ४ – बलियो भुइँचालो क्षमता क्षेत्र (संवेदनशील) – सिक्किम, पश्चिम बङ्गाल, दिल्ली, उत्तर प्रदेशको उत्तरी भाग, गुजरात

जोन ५ – निक्कै बलियो भुइँचालो क्षमता क्षेत्र (अति संवेदनशील) – उत्तरपूर्वी भारत, जम्मू-कश्मीर, हिमाचल प्रदेश, उत्तराञ्चल, रण अफ कच्छ, उत्तर बिहार, अन्दमान-निकोबार

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन