सिलगढ़ीमा चिकित्सा सङ्कट बढ़्दै : मेडिकल कलेजविरूद्ध ‘भूल चिकित्सा’-को आरोप

सिलगढ़ीः उत्तर बङ्गालवासीले सानोतिनो रोगको चिकित्सामा पनि समस्या भोग्नु परेकै कारण धेरजसो मानिसहरू कि कलकत्ता, कि दिल्ली, कि दक्षिण भारतको शरण लिनु परेको छ। आर्थिक कमजोरी भए पनि जसो तसो उत्तर बङ्गालवासी देशका विभिन्न ठाँउमा चिकित्सा सुविधा खोज्दै भौंतारिरहने गर्छन्।

सिलगढ़ीका सरकारी अस्पतालहरू र उत्तर बङ्गालकै एक मात्र उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमाथि भर पर्न नसकेर च्याउजस्तै खुलेका प्राइभेट नर्सिङ होमहरूको बर्मा लुटाइ पनि जारी छ। सिलगढ़ी प्राइभेट नर्सिङ होमहरूमा उपचारको नाममा ठगिनेहरूको घटना दिनहुँको कथा हो। सिलगढ़ीमा कि मौसमी ज्वरोजस्ता सामान्य केसदेखि लिएर मुटु, मिर्गौला, लिभरजस्ता संवेदनशील केसमा मारिनेहरूको घटना महिनैपछि हुने गरेको छ।

प्रसुतिदेखि लिएर सामान्य अपरेशनहरूमा मारिनेहरूको सङ्ख्या पनि ठूलै छ। यसै सिलसिलामा मेडिकल कलेज प्रबन्धनमाथि फेरि “भूल चिकित्सा”-को आरोप लागेको छ। पीड़ित परिवारले मेडिकल कलेज अधीक्षक एवम् पुलिस चौकीमा नालिस दर्ता गरेको छ। प्राप्त जानकारीअनुसार २५ जूनमा जलपाइगढ़ी जिल्लाअन्तर्गत रायगञ्ज ब्लक निवासी अब्बास अलीले एक वर्षीय छोरालाई मेडिकल कलेजमा भर्ती गराए। उसलाई हर्नियाको समस्या थियो। साथै ज्वरोले पनि सताएको थियो।

आरोप छ, उसलाई भर्ना गराइए पनि मेडिकलमा उसको चिकित्सा नै भएन। कहाँसम्म भने उसलाई स्लाइन (ग्लूकोज पानी) धरि प्रदान गरिएन। फलस्वरूप मङ्गलवार सखारै बिमारी केटाको मृत्यु भयो। खबर सुनेर परिवार रिसले आगो भयो। परिवारजनले कलेजमा बबाल मच्याएपछि मेडिकल अधीक्षकले घटनाको नालिस गर्हण गरे। यसपछि परिवारजनले मेडिकल कलेज प्रबंधनमाथि चिकित्सामा लापरवाहीको आरोप लगाउँदै सिलगढ़ी मेट्रोपालिटन पुलिस कमिश्नरेटको मतिगढ़ा थानाअन्तर्गत उत्तर बङ्गाल मेडिकल कलेज पुलिस चौकीमा प्राथमिकी दर्ता गराएको छ। यस सम्बन्धमा मेडिकल सुपर मैत्री करले बताए, मामिलाको जाँच गरिने छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन