आमा-छोरीको हत्याले शहरमा सनसनी

सिलगढीः  सिलगढ़ी शहरमा गत महिनादेखि शुरू भएको हत्या र आत्महत्या, चोरी, छिनताइको सिलसिला चलिरहेकोले शहरवासी त्रस्त छन्। प्रशासनको होश उड़ेको छ। एनजेपी इलाकामा बितेको राति एकैसाथ २ वटा हत्याकाण्ड भएको खबरले शहरमा सनसनी फैलिएको छ।

सखारै एक स्त्री र स्त्रीको १० वर्षे नानीको नृशंस हत्या भएको छ। मृतक स्त्री जुन घरमा भाड़ामा बस्थिन्, त्यस घरका मालिक अभिनन्दन साहालाई गहिरो चोटको कारण नर्थ बेङ्गल मेडिकल कलेज एन्ड हस्पिट्ल-मा भर्ना गराइको छ भने मृतदेहहरू पोस्टमोर्टमको लागि त्यहीँ लगिएको छ। निउ जलपाइगड़ीको फूलबाड़ी ग्राम पञ्चायत -१ पच्कालगढ़ीमा यो घटना भएको हो।

घटनाको सुइँको पाएर एसीपी अचिन्तो दासगुप्ता निउ जलपाइगड़ी पुलिसको टोली लिएर घटनास्थलमा पुगेर मृतकहरू रीता साहा (स्त्री) र पायल साहा (नानी) हुने भनेर सिनाख्त गरे। घटनामा स्त्रीको सानो छोराले टाँड़मुनि लुकेर आफ्नो प्राण जोगाएको थाहा लागेको छ।

मृतकको परिवार केही हप्ताअघि मात्र उक्त घरमा सरेको थियो। मङ्गलवार राति ३-४ जना अज्ञात व्यक्तिहरू घरभित्र पसेर उनीहरूको हत्या गरेर फरार भएका थिए। प्राथमिक जाँचबाट थाहा लागेअनुसार, हत्याको सम्बन्ध सम्पत्तिसँग हुनसक्छ किनभने घटनास्थलबाट ६ लाख रू. नकद एवम् केही गरगहना फेला परेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन