पैह्रोको कारण एउटा घर क्षतिग्रस्त

दार्जीलिङः सिंगताम चियाबगानको मोटाधुरा निवासी उदय राईको घर पैह्रोको चपेटमा परेर क्षतिग्रस्त भयो। हिजो राती लगभग 9 बजीतिर उदय राईको घरको ठीक मामथि अवस्थित सिंगताम प्राथमिक पाठशालाको देवाल पड़्किएर झरेको थियो, जसले उदय राईको घरका तीनवटा कोठा पूर्णरूपले क्षतिग्रस्त भयो। तर यस परिवारका सदस्यहरु सबै तल्लोपट्टिका दुइवटा कोठामा सुतेको कारण कसैलाई केही हुन पाएन। तरै पनि उनको घर क्षतिग्रस्त भएको कारण उदय राईको परिवारलाई सिंगताम प्राथमिक पाठशालामा सारिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन