गाड़ी तोड़्ने विरूद्ध गोजमुमोको प्राथमिकी

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समितिसँगै गोजमुमो रङ्बुल-धोत्रे समष्टि कमिटीले दार्जीलिङ क्षेत्रका विभिन्न स्थानहरुमा राशिनको गाड़ी तोड़फोड़ गर्ने, लुटपाट गर्ने, दूधको गाड़ीलाई दुःख दिने जस्ता कार्यहरुमा संलग्न असामाजिक तत्वहरुको रगरगीलाई नियन्त्रण गर्ने माग गर्दै दार्जीलिङ सदर थाना र जोरबङ्लो थानामा अलग-अलग प्राथमिकी दर्ता गरेका छन्।

यस विरूद्ध गोजमुमो केन्द्रिय समिति उपाध्यक्ष आरपी वाइबाले दार्जीलिङ सदर थानामा आज एक प्राथमिकी दर्ता गरेका छन् भने गोजमुमो रङ्बुल-धोत्रे समष्टि कमिटी अध्यक्ष अमिर राईले पनि जोरबङ्लो थानामा प्राथमिकी दर्ता गरेका छन्। यसबारे वाइबा र गोजमुमो केन्द्रिय समिति कोषाध्यक्ष दावा लामाले भने-हाल सिलगढी तथा अन्य स्थानहरुबाट दार्जीलिङ आइरहेका गाड़ीहरु तोड़फोड़ गर्ने, लुटपाट गर्ने जस्ता घट्नाहरू भइरहेका छन्, यसले गोर्खाल्यान्डको गणतान्त्रिक आन्दोलनलाई मात्रै नबिगारेर यसले गोजमुमो पार्टी पनि बद्नाम भइरहेको छ। यसैले यस्ता असामाजिक तत्वहरु विरूद्ध कठोर कार्वाही गर्ने माग गर्दै आज सदर थानामा दुष्कर्मीहरु विरूद्ध प्राथमिकी दर्ता गरिएको छ।

यसरीनै गोजमुमो रङ्बुल-धोत्रे समष्टि कमिटीका अध्यक्ष अमिर राईले भने-विशेष गाड़ी तोड़फोड़ गर्ने, लुटपाट गर्ने कार्य यस समष्टिअन्तर्गत पर्ने कतिपय ठाउँमा भइरहेको छ, यसैले अब यस्ता असामाजिक तत्वहरुमाथि गिद्दे नजर राखेर कार्वाही गरिनेछ। पार्टीले दूध, राशिन बोक्ने गाड़ी, मरौ आदिका गाड़ीहरुमाथि कुनै प्रतिबन्ध लगाएको छैन, तर कतिपय स्थानमा पार्टीको अनुमति पत्र पनि च्यात्ने कार्य भइरहेको सुनिन्दैछ।

यसैले अब यस्ता अवैध कार्य गर्नेहरु विरूद्ध पार्टी कार्यकर्ताहरुले ध्यान दिनेछ र चिन्हित भएको खण्डमा पार्टीले आवश्यक कार्वाही गर्नेछ। उनले यसप्रकारका घट्नामा तृणमूल कंग्रेसका समर्थकहरुको हात हुनसक्ने पनि आशंका व्यक्त गरे। उनले भने-हाल दार्जीलिङमा कतिपय तृणमूल कंग्रेस समर्थकहरु कुनै पनि पार्टीमा सामेल भएका छैनन्, उनीहरुलेनै यस्तो कार्य गरेर पार्टीलाई बद्नाम गराउने अनि यस आन्दोलनलाई बिगार्ने कार्य गरिरहेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन