जीएमसीसीमा संलग्न सङ्गठनहरूले केन्दिय मन्त्री, नेता र वरिष्ठ नागरिकहरू भेट्ने कार्य तीब्र

दिल्लीः गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटीमा रहेका विभिन्न दल अनि सङ्गठनहरूले दिल्लीमा केन्द्रका विभिन्न प्रतिनिधिहरूसित भेटघाट गर्ने काम जारी छ। यसैक्रममा गोर्खा भारती विचार मञ्च  अनि कालेबुङ कृषक कल्याण सङ्गठनका एक प्रतिनिधि टोलीले केन्द्र सरकारको सडक परिवहन एवं राजमार्ग, रसायन अनि  उर्वरक राज्य मन्त्री मनसुख मान्डवियासित भेट गऱ्यो।  गोर्खा भारती विचार मञ्चका राष्ट्रिय संयोजक सी. के. श्रेष्ठ अनि कृषक कल्याण सङ्गठनका महासचिव बिष्णु छेत्रीको साथमा नरेन्द्र तामङ्ग अनि अमीर सुन्दास पनि रहेको उक्त टोलीले मन्त्रीलाई हाल पहाडमा भइरहेको स्थितिबारे अवगत गराउदै देशभरि भइरहेको आन्दोलनको बारेमा अवगत गराएको बताइएको छ।

सी. के. श्रेष्ठले मन्त्रीलाई आन्दोलन र मुद्दाका औचित्यबारे कुरा राखे। यसैबीच मन्त्रीले टोलीलाई ‘तपाईंहरुको त जीटीए चल्दै थियो त के भयो?’ भनेर प्रश्न राखे। श्रेष्ठले जीटीएको वर्तमान अवस्थाबारेमा मन्त्रीलाई जानकारी दिँदै पश्चिम बङ्गाल सरकारले हाल पहाडमा गरिरहेको अन्याय र अत्यचारको बारेमा पनि बताए।

श्रेष्ठले गोर्खाहरुको चिन्हारी बङ्गालभित्रको कुनै पनि व्यवस्थाले पूरा हुन नस्क्ने बताउँदै हाल पहाडमा बसिरहेको अनसनकारीहरुको अवस्था र विगत 50 दिनदेखि चलिरहेको पहाडबन्दलाई पनि ध्यानमा राखी सरकारले चाँडोभन्दा चाँडो गोर्खाल्यान्डको निम्ति वार्ता शुरु गर्न पर्ने माग पनि राखे। मन्त्रीले गोर्खाहरुको माग जायज रहेको अनि देशको सिमामा बर्षौदेखि खटिरहेको तथा आफ्नो ज्यानसमेत दिइसकेको गोर्खाहरुले न्याय पाउनुपर्ने बताए।

श्रेष्ठलेर भाजपा अध्यक्ष अमीत शाहासित भेट गरेर गोर्खा जाति र गोर्खाल्यान्ड मागको बारेमा विस्तृत रुपमा विश्लेषण गर्ने इच्छा जाहेर गर्दा मन्त्री मनसुख मान्डवियाले चाँडै भेट गराउने वचन पनि दिए। ‘शाहसित म भेटाउने छु, यतिखेर तपाईँहरूको सांसद एस. एस. आहालुवालिया साथै भइदिए राम्रो,’ मन्त्रीले टोलीलाई भने।

यता आज गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति र जीएमसीसीको २१ जनाको टोलीले देहरादूनका ले.क. शक्ति गुरुङसित भेटघाट गरेर गोर्खाल्याण्ड राज्य निर्माणबारे छलफल गऱ्यो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन