दिल्लीमा जीएमसीसीको साङ्केतिक अनशन स्थागितः ‘एकता नदेखिने भएकोले नै अनशन स्थगित गरिएको हो’

दिल्लीः दिल्लीमा भएको बैठकमा जीएमसीसीले जन्तरमन्तरमा 4 अगस्तदेखि क्रमिक अनशन गर्ने भएको थियो, तर हिजो अनशन स्थागित गरियो। दिल्ली सूत्रले बताए अनुसार त्यहीँ गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिको पनि धर्ना र क्रमिक अनशन चलिरहेको छ। जीएसएसएससित भएको सहमति अनुसार एउटै मञ्चमा दुवै सङ्गठनको साङ्केतिक अनशन हुने तय गरिएको थियो, जहाँ जीएमसीसीका १४ राजनैतिक अनि अराजनैतिक दलका शीर्षस्थ नेताहरू बस्ने भएका थिए। दिल्ली सूत्रबाट थाहा लागे अनुसार अन्तिम समयमा यसै कार्यको निम्ति गोर्खा जनमुक्ति मोर्चाद्वारा अर्को मञ्च पनि तयार गरिएको हुँदा यो भोक हड्ताल स्थगित गरिएको हो।

सूत्रको कुरा अनुसार जीएमसीसीका नेताहरूले एकै ठाउँमा दुइवटा मञ्च देखेपछि यस कार्यक्रममा भागिदार हुन नचाहेका हुन्।

‘जीएमसीसी सर्वदलीय एकताको निम्ति बनिएको मञ्च हो अनि यसरी एकै ठाउँमा दुई दलको दुईवटा मञ्च बनिँदा अनेकता अनि विभाजन पनि देखिने हुनाले यस कार्यक्रमलाई स्थगित गरिएको हो,’ जीएमसीसीका एक प्रतिनिधिले खबरम्यागजिनसित भने, ‘दिल्लीका गोर्खाहरूलाई एकतामा बाँध्ने हर प्रयास  जीएमसीसीले गर्ने छ। दिल्लीका आगामी सबै कार्यक्रमहरू सबैको संयुक्त प्रयासमा नै गरिने छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन