नारी मोर्चाले पुलिसलाई राखी बाँधिदिने

दार्जीलिङः आगामी 7 अगस्त हिन्दु समुदायको महान पर्व रक्षाबन्धनको अवसरमा गोर्खा जनमुक्ति नारी मोर्चाका सदस्याहरूले दार्जीलिङका रहेका सम्पूर्ण पुलिसकर्मी, आईआरबी, सीआरपीएफ आदिका जवानहरूलाई राखी बाँधेर माइतीको सम्मान दिने योजना बनाएका छन्।

जसको लागि नारी मोर्चाले यस दिन रेलवे स्टेशनबाट एक जुलूस ल्याएर दार्जीलिङ सदर थानामा आई सबै उपस्थित पुलिसकर्मीहरूलाई राखी बाँधिदिने भएको पूर्व सभासद एवं नारी मोर्चा नेतृ शान्ति छेत्रीले बताइन्।

उनले भनिन्-दार्जीलिङको सुरक्षाको लागि धेरै टाड़ा-टाड़ाबाट कैयौं पुलिसकर्मीहरू यहाँ आएका छन्, उनीहरूका चेली यहाँ छैनन्। यसैले उनीहरूलाई चेलीको अनुपस्थितिको अनुभव हुन नदिननै नारी मोर्चाले यसप्रकारको कार्यक्रम बनाएको हो।

जसमा नारी मोर्चा सदस्यहरूले दार्जीलिङका पुलिस अधीक्षक अखिलेश चतुर्वेदीलाई पनि राखी बाँधिदिने भएको उनले बताइन्। एक प्रश्‍नको उत्तरमा उनले भनिन्-गोर्खाल्यान्ड आन्दोलनको क्रममा पुलिसकर्मीहरूबाट गोर्खाल्यान्ड समर्थकहरूमाथि अमानवीय व्यवहार भएको छ, जसको फलस्वरूप निर्दोष 8 जना गोर्खाल्यान्ड समर्थकहरूको विभत्स मृत्यु भएको छ।

यसैले अबोप्रान्त गणतान्त्रिक ढङ्गमा गोर्खाल्यान्डको माग गर्ने गोर्खा जातिमाथि पुलिस प्रशासनबाट अमानवीय व्यवहार नहोस् भन्ने पनि रक्षाबन्धनको एउटा लक्ष्य हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन