भानु भवन, सरकारी सम्पति नष्ट अनि पुलिसमाथि आक्रमण गरेको आरोपमा पूर्व सभासद् पक्राउः अन्य नेताहरू पनि पक्राउ पर्ने सम्भावना

सिलगढीः दार्जीलिङको भानु भवन आक्रमण मामिलालगायत 25 वटा मुद्दामा सीआईडी टीमले पूर्व सभासद् नर्बुजी लामालाई पक्राउ गरेको बताइएको छ। शनिबार नै आरोपी लामालाई सिलगढी जिल्ला न्यायालयमा उभ्याइएको छ।

पुलिसले नर्बुजी लामा विरुद्ध सरकारी सम्पति नष्ट गरेको, पुलिसमाथि प्राणघातक आक्रमण गरेकोलगायत जम्मा 25 वटा मुद्दा दर्ता गरेको छ, जसमा धेरै नै गैरजमानती मुद्दा रहेको छ।

दार्जीलिङमा धेरैपल्ट पुलिस र आन्दोलनकारीबीच सङ्घर्ष भएको छ। धेरैवटा सरकारी सम्पति नष्ट गरिएको छ। यस मामिलाको जाँच गर्ने जिम्मा राज्य सरकारले सीआईडीलाई सुम्पिएको छ। शुक्रबार मध्यराती सीआईडी टीमले सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नरेटका भक्तिनगर थाना क्षेत्र सालुगढाबाट लामालाई पक्राउ गरेको हो।

अनुमान गरिए अनुसार गोर्खा जनमुक्ति मोर्चाका पहिलो लहरका नेताहरूलाई अहिले नै पक्राउ गरिँदैन तर दोस्रो र तेस्रो लहरका नेताहरूलाई भने पुलिसले खोजी खोजी पक्रिन सक्ने सम्भावना छ।

तराईका मोर्चा नेता शङ्कर अधिकारीले मोर्चाको आन्दोलनलाई दबाउन नै यसरी पक्राउ गरिएको बताएका छन्। उनी अनुसार पक्राउ गरेका मोर्चा कार्यकर्ताहरूलाई जबरजस्ती गैरजमानती मुद्दा थोप्ने काम भइरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन